काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन भन्दाअघि सीमानाका सिल गर्ने निर्णय गरिएको छ ।
मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल–भारत र नेपाल–चिन तर्फको सीमाना मतदान हुनुभन्दा ७२ घण्टाअघि सिल गर्ने निर्णय गरेको हो । सीमानामा ७२ घण्टाअघि आवागमन बन्द गर्ने निर्णय गरिएको छ ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउत, नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।
मतदानअघि मादक पदार्थ बेचबिखनमा रोक लगाउनेबारे पनि छलफल भएको छ । बैठकमा फागुन १९ मा परेको तराईको होली पर्व र जनकपुरमा हुने माध्यमिकी परिक्रमा मेलाबारे पनि छलफल भएको छ । भारतको सितमढीबाट हिँडेर बिसौँ हजार मानिस जनकपुरको जानकी मन्दिरमा आउने र फागुन १८ गते फिर्ता हुँदैछन् । मौन अवधिमा होली पर्व परेको हुनाले कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भएको छ ।’
भारतीय नम्बर प्लेटका सवारी साधनलाई रोक लगाउनेबारे पनि छलफल भएको छ । तर, मतदान हुनुभन्दा कत्ति दिनअघिदेखि विदेशी नम्बर प्लेटको सवारी चल्न नदिने भन्नेबारे निर्णय गर्ने अधिकार आयोगलाई दिइएको छ ।
हिमाली जिल्लामा हिँउ परिरहेको र त्यसबाट निर्वाचनमा खटिने सुरक्षाकर्मी तथा कर्मचारीलाई लेक लाग्ने चुनौतीबारे छलफल भएको छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण