सरकारले सार्वजनिक गर्‍याे ०८३ सालमा हुने बिदाको सूची

सार्वजनिक बिदा

सरकारले सार्वजनिक गर्‍याे ०८३ सालमा हुने बिदाको सूची

Public_Holiday_ Sarbajanik Bida

काठमाडौं । सरकारले विसं २०८३ सालभरिको सार्वजनिक बिदा तय गरेको छ । गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदाका सम्बन्धमा उक्त निर्णय गरेको थियो । सरकारले यो निर्णयलाई राजपत्रमा समेत प्रकाशित गरेको छ ।

आगामी २०८३ वैशाख १ देखि चैत मसान्तसम्मका लागि बिदा र कार्यालय समय निर्धारण गरिएको हो । यो नियम सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा लागू हुनेछ । ‘नेपाल सरकारले विक्रम संवत २०८३ साल वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,’ राजपत्रमा भनिएको छ ।

मन्त्रिपरिषद्ले फागुन १३ गते नै बिदाको सूचीलाई अन्तिम रुप दिएको थियो । अहिले सोही निर्णयलाई आधिकारिक जानकारीका रुपमा राजपत्रमा ल्याइएको हो । यसमा वर्षभरि हुने विभिन्न चाडपर्वका बिदाहरु समेटिएका छन् । साथै सट्टा बिदा र कार्यालय सञ्चालन हुने समयको समेत टुंगो लगाइएको छ ।

नयाँ वर्ष सुरु हुनुअगावै सरकारले यस्तो तालिका सार्वजनिक गर्ने गर्छ । यसपालि पनि सरकारले आगामी वर्षको कार्यतालिका समयमै बाहिर ल्याएको हो । यो निर्णयअनुसार देशभरका सार्वजनिक निकायले आफ्नो कार्यतालिका बनाउनुपर्ने हुन्छ । राजपत्रमा प्रकाशित विवरण नै बिदाको आधिकारिक आधार हुनेछ ।

सरकारले कार्यालय समयमा पनि आवश्यक व्यवस्था गरेको छ । वर्षभरिको बिदा र कार्यालय खुल्ने समय यसै सूचनाअनुसार हुनेछ । सबै सरकारी संयन्त्रले यही निर्णयलाई पालना गर्नुपर्ने गरी राजपत्रमा सूचना जारी गरिएको छ ।

२०८३-सालको-सार्वजनिक-विदा-67-11-18

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ