मतगणनाको प्रारम्भिक रुझानमै रास्वपा बहुमतको बाटोमा

मतपरिणाम

मतगणनाको प्रारम्भिक रुझानमै रास्वपा बहुमतको बाटोमा

balen-rabi

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मतगणनाको प्रारम्भिक रुझानमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमततर्फ अघि बढेको छ ।

मध्यरातबाट सुरु भएको मतगणनाको बिहान ९ बजेसम्मको अपडेटमा रास्वपा कम्तीमा ४२ निर्वाचन क्षेत्रमा फराकिलो मतसहित अग्रता लिइरहेको छ । रास्वपाका सभापति रवि लामिछाने, बरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहसहितका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

गणना जारी रहेका क्षेत्रमा एमालेले ५, कांग्रेसले ५ र नेकपाले १ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेका छन् । श्रम संस्कृति पार्टीले पनि एक सीटमा अग्रता लिएको छ । अहिले मतगणना भइरहेका अधिकांश निर्वाचन क्षेत्र काठमाडौँ उपत्यकासहित तराई र सहरी क्षेत्रका छन् ।

पहाडी र हिमाली जिल्लाको मतगणना आज बिहानबाट अधिकांश ठाउँमा सुरु हुँदैछ । रास्वपाले अग्रता लिएका क्षेत्रको मतान्तर निकै फराकिलो छ भने अन्य दलको अग्रता झिनो मतले देखिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ