बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं लुम्बिनी प्रदेश नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख ओम पौडेलले पार्टीका सबै जिम्मेवारीसहित साधारण सदस्यताबाट समेत राजीनामा दिएका छन् ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को निवर्तमान सभापति समेत रहेका पौडेलले बिहीबार पार्टीका महामन्त्रीलाई सम्बोधन गर्दै आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
पुराना राजनीतिक दलका गलत पात्रहरूले संस्थागत गरेको भ्रष्टाचार, सेटिङ र आपराधिक सञ्जालका विरुद्ध सभापति रवि लामिछानेले देखाएको आँटमा ऐक्यबद्धता जनाउँदै आफू पार्टीमा जोडिएको पौडेलले उल्लेख गरेका छन् । उनले निर्वाचनको मतदान र परिणामसँगै आफ्नो तत्कालीन राजनीतिक कर्तव्य पूरा भएको महसुस गर्दै अबदेखि स्वतन्त्र नागरिक भएर बस्ने निर्णय लिएको बताएका छन्। रास्वपा आफ्नो पहिलो राजनीतिक दल भएको र संगठन नभएको अवस्थामा भित्रै बसेर योगदान दिनु उचित ठानेर आफू सक्रिय भएको उनको भनाइ छ ।
पौडेलले राजीनामा पत्रमा राजनीतिभित्रको विसंगति र अवसरवादप्रति निकै तिखो टिप्पणी गरेका छन्। राजनीतिलाई फोहोरी खेलको संज्ञा दिँदै उनले रास्वपाभित्रै पनि दोहोरो चरित्र देखाउने र पदका लागि मरिहत्ते गर्ने व्यक्तिहरू देख्दा दुःख लागेको उल्लेख गरेका छन्। कसैको दबाब वा अन्य दलमा अवसर खोज्ने उद्देश्यले नभई विशुद्ध स्वतन्त्र भएर बाँच्ने र सहीलाई सही तथा गलतलाई गलत भन्ने तागत राख्न झण्डाको राजनीतिबाट बाहिरिएको उनले प्रस्ट पारेका छन्।
पार्टीभित्र रहेर धेरै साथीभाइको माया कमाएको भए पनि कसैलाई जानकारी नै नदिई स्वविवेकले राजीनामा दिएको भन्दै उनले सहयात्रीहरूसँग क्षमा समेत मागेका छन्। राजनीतिमा लागेर समाज परिवर्तनको हुटहुटी बोक्नेहरूको सम्मान गर्ने तर यसलाई पेसा र आयआर्जनको माध्यम बनाउनेहरू प्रति आफ्नो समर्थन नरहने उनले स्पष्ट पारेका छन्। आगामी दिनमा कुनै पदमा नरहे पनि सक्षम र भिजन भएका व्यक्ति वा समूहलाई नागरिकका तर्फबाट समर्थन गरिरहने र समाजप्रतिको उत्तरदायित्व पुरा गर्ने उनले प्रतिबद्धता जनाएका छन्।
केही समय परिस्थिति र समयको मागले राजनीतिमा जोडिएको भए पनि अब आफ्नै व्यवसायमा समय दिने र भविष्यमा देशलाई आवश्यक परे फेरि जायज अभ्यासका लागि तयार रहने बाचा गर्दै उनले रास्वपासँगको औपचारिक यात्रा टुङ्ग्याएका हुन्।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी