सुमनाले भनिन्- गोली कसले चलायो र सिंहदरबार कसले जलायो, जनताले थाहा पाउनुपर्‍यो

सुमनाले भनिन्- गोली कसले चलायो र सिंहदरबार कसले जलायो, जनताले थाहा पाउनुपर्‍यो

sumana-shrestha

पूर्वमन्त्री सुमना श्रेष्ठले जेन-जी आन्दाेलनबारे छानबिन गर्न गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन् ।

उनले नागरिकले विश्वास र भरोसा गरेको सरकारले तुरुन्तै प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न भनेकी हुन् ।

‘२३ भदौमा कसले गोली चलाएको र २४ भदौमा कसले सिंहदरबार जलाएको भन्नै विषय बेलैमा क्लियर हुनुपर्‍यो,’ श्रेष्ठले भनिन् ‘ठूलो भरोसा रहेको सुशीला कार्की नेतृत्वको सरकारले सबै विवरण जनतासमक्ष सार्वजनिक गर्नुपर्‍यो ।’

उनले सरकार विरोधी प्रदर्शनका क्रममा ज्यान गुमाएका र घाइते भएका कयौँ युवाको भावना सम्बोधन गर्न पनि उक्त प्रतिवेदन सार्वजनिक हुनुपर्ने धारणा राखेकी छिन्। यसअघिका विभिन्न आयोगहरूको जस्तो प्रतिवेदन दराजमा थन्क्याएर नराख्न समेत उनको सुझाव छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ