राष्ट्रिय सभाका सदस्यको शपथ ग्रहण

राष्ट्रिय सभाका सदस्यको शपथ ग्रहण

rastriyasabha sadasya

काठमाडौँ — राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले आज शपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराए ।

राष्ट्रिय सभाका रिक्त हुन लागेका १८ सदस्यका लागि गत माघ ११ मा निर्वाचन भएको थियो । कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा निर्वाचित भएका थिए ।

मधेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर, बागमतीबाट गीता देवकाटा र प्रेमप्रसाद दंगाल, गण्डकीबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनीबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका थिए ।

कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ शाही र सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ