काठमाडौं । नेपाल आयल निगमले विश्व बजारमा देखिन सक्ने पेट्रोलियम पदार्थको असहज परिस्थिति मध्यनजर गर्दै उपभोक्तालाई इन्धन र खाना पकाउने एलपी ग्यास मितव्ययी प्रयोग गर्न विशेष अपिल गरेको छ ।
निगमले विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय स्तरमा देखिएको समस्याका कारण भविष्यमा पर्न सक्ने सम्भावित प्रभावबाट बच्न पूर्वसावधानी अपनाउन सबैमा अनुरोध गरेको हो ।
निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र ग्यास आवश्यक परिमाणमा मात्र खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।
विशेषगरी मासिक एक सिलिन्डर मात्र ग्यास खपत हुने परिवारले थप सिलिन्डर नभर्न र खाना पकाउनका लागि ग्यासको सट्टा विद्युतीय उपकरण प्रयोग बढाउन निगमले सुझाव दिएको छ ।
त्यस्तै, इन्धन बचतका लागि सवारीसाधनमा ‘राइड सेयरिङ’ को व्यवस्था मिलाउन र विद्युत्का लागि जेनेरेटर जस्ता बढी इन्धन खपत हुने उपकरण प्रयोग नगर्न समेत निगमले उपभोक्तालाई अनुरोध गरेको छ ।
मध्यपूर्वमा देखिएको समस्याका कारण हालसम्म नेपालको आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर नपरे तापनि नेपाल पूर्णरूपमा आयातमा निर्भर रहेकाले पूर्वतयारी आवश्यक रहेको निगमको भनाइ छ ।
औद्योगिक क्षेत्रमा पनि इन्धन र ग्यास खपत कम गर्नुपर्नेमा जोड दिँदै निगमले हाल आपूर्ति नियमित रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
यसैबीच निगमले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेहरूमाथि कारबाहीको चेतावनी दिएको छ ।
कसैले अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको, तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गरेको वा नयाँ सिलिन्डरको अनावश्यक बजारीकरण गरेको पाइए नेपाल सरकारको प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।
आपूर्ति सहज राख्न र भविष्यको जोखिम न्यूनीकरण गर्न निगमले सबै सरोकारवाला पक्षलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ ।
सम्बन्धित खबर
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने
कहिले हुन्छ प्रतिनिधिसभाको बैठक आह्वान ?
सुशीला कार्की कहिलेसम्म प्रधानमन्त्री ?
दिपक मनाङे कारागारबाट रिहा
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
सुमनाले भनिन्- गोली कसले चलायो र सिंहदरबार कसले जलायो, जनताले थाहा पाउनुपर्यो
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
बिरुवा–८ का वडाध्यक्ष आलेको निधन