राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित धनेन्द्र कार्की र उदयपुर क्षेत्र नं २ बाट निर्वाचित सूर्यबहादुर तामाङविरुद्ध मंगलबार रिट दायर भएको हो।
सिन्धुली १ का एमाले उम्मेदवार प्रदीपकुमार कटुवाल र उदयपुर २ का नेकपा एमालेकै उम्मेदवार अम्बरबहादुर रायमाझीले उनीहरूलाई निर्वाचित घोषणा गर्ने आयोगको निर्णय बदर गरेर आफूलाई निर्वाचित घोषणा गर्न माग गरेका छन्।
उनीहरू दुवै जनाले वारेस युवराज पौडेल (सफल) मार्फत रिट दायर गरेका हुन्। रास्वपाका यी दुवै सांसद उम्मेदवार हुँदा कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको र उम्मेदवार बन्न नै अयोग्य रहेकाले उनीहरूलाई निर्वाचित घोषणा गर्न नमिल्ने उनीहरूको दाबी छ।
उनीहरूले निर्वाचन आयोगलाई समेत छलछाम गरेर आफू कालो सूचीमा हुँदाहुँदै अवैध रुपमा उम्मेदवार बनेको निवेदनमा जिकिर गरिएको छ। उनीहरूको उम्मेदवारी नै बदर हुने भएकाले दोस्रो बढि मत ल्याउने यी दुवै निवेदकले आफूलाई सांसदमा निर्वाचित भएको घोषणा गर्न माग गरेका छन्।
निर्वाचन आयोगले यसअघि गरेको घोषणा र प्रमाण पत्र पनि बदर गर्न उनीहरूको माग छ। उनीहरूको शपथ रोक्न पनि निवेदकले अन्तरिम आदेश माग गरेका छन्।
यी दुवै रिटमा चैत २५ गतेलाई पेसी तोकिएको वारेस युवराज सफलले जानकारी दिए।
यसअघि धनुषा क्षेत्र नं १ का रास्वपाकै उम्मेदवार किसोरी साहको उम्मेदवारी कर्जा सूचना केन्द्रको कालो सूचीमै रहेका कारण बदर भएको थियो। उनले आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरे पनि सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा