प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश

राजनीति

प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश

presidnet nirbachan aayukta

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बिहीबार आयोजित कार्यक्रममा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो। सोही अवसरमा निर्वाचनको आधिकारिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइएको हो ।

प्रतिवेदन पेश कार्यक्रममा आयोगका आयुक्तहरू डा जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा, साथै आयोगका सचिव कृष्ण बहादुर राउत लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ शान्तिपूर्ण, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न भएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ