भारतका विभिन्न सहरमा होटल तथा व्यवसायमा मजदुरी गर्ने कतिपय नेपाली खाना पकाउने ग्यासको अभाव भएपछि स्वदेश फर्किन थालेका छन् ।
विशेषगरी होटलमा काम गर्नेहरू ग्यासको अभावमा व्यवसाय बन्द हुने अवस्था देखिएपछि स्वदेश फर्किन थालेका हुन् ।
पश्चिम एसिया क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या भएपछि भारतमा इन्धन र खाना पकाउने ग्यासको वितरणमा कडाइ गरिएको त्यहाँबाट फर्किएका नेपालीको भनाइ छ । भारतमा ठूलो सङ्ख्याका नेपाली विभिन्न क्षेत्रमा रोजगारी गर्दै आएका छन् । सुदूरपश्चिमेलीको रोजगारीका लागि पहिलो गन्तव्य भारत हो ।
यसैबीच, खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थालाई लक्षित गरेर पछिल्ला दिनमा कैलालीका बजार क्षेत्रमा अनुगमन भइरहेको छ । जिल्लास्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख लक्ष्मीप्रसाद जैशीले अनुगमनका क्रममा कैलालीसहित आसपासका जिल्लामा अहिलेसम्म खाना पकाउने ग्यास अभाव नरहेको जानकारी दिए ।
टोलीले कैलालीको धनगढी, टीकापुर, लम्की, अत्तरिया र कञ्चनपुरको पुनर्वास, बेलौरीलगायत क्षेत्रमा बजार अनुगमन गरेको छ । उनले भने, ‘डिजेल, पेट्रोलको आपूर्ति व्यवस्था आजसम्म सहज छ । खाना पकाउनका लागि आधा सिलिन्डर ग्यास बिक्री गर्नुपर्ने सरकारी नीतिबमोजिम सबैतिर आधा सिलिन्डर प्रयोग भइरहेको छ ।’
संसारको २० प्रतिशत ग्यास निर्यात केन्द्रमा आक्रमण, के होला असर ?
कतारको रास लाफानमा इरानले आक्रमण गरेपछि उर्जा संकट थप बढ्नसक्ने जोखिम देखिएको छ । बुधबार इरानले प्रहार गरेका ५ मध्ये एउटा मिसाइलले ठूलो क्षति गराएको छ । बाँकी चार मिसाइल भने कतारले प्रतिरोध गरेको थियो ।
इरान युद्ध सुरु भएदेखि नै यस क्षेत्रमा अस्थायी रुपमा उत्पादन बन्द थियो । तर, अहिलेको क्षतिले उत्पादनमा ठूलो असर गर्ने र विश्वव्यापी रुपमा इन्धनको भाउ बढाउनसक्ने विश्लेषकहरुले बताएका छन् । यहाँ आक्रमण भएलगत्तै इन्धन बजार अस्थिर बनेको छ ।
बुधबार अन्तर्राष्ट्रिय मापदण्डको कच्चा तेल ब्रेन्ट क्रुडको भाउ बढेर उच्चबिन्दूमा १ सय ११ अमेरिकी डलर प्रति ब्यारेलसम्म पुगेको थियो ।
‘भारतले आफ्नो आवश्यकताको ५० प्रतिशत ग्यास अन्तर्राष्ट्रिय बजारबाट आयात गर्छ । यसमध्ये झन्डै ४० प्रतिशत एलएनजी कतारबाट आउँछ,’ उर्जा अर्थशास्त्री किरिट पारिखले एनडिटिभीसँग भने,‘भारतले आफ्नो ग्यास खपत घटाउनुपर्छ । विशेषगरी औद्योगिक क्षेत्र र त्यसमा पनि उर्जा क्षेत्रको उत्पादन क्षमता घट्नेछ ।’
रास लाफान पर्सियन खाडीको किनारमा रहेको औद्योगिक शहर हो ।राजधानी दोहाबाट झन्डै ८० किलोमिटर पर रास लाफान औद्योगिक केन्द्र छ । यहाँबाट निस्किएका जहाजहरु हर्मुजको जलघाँटी हुँदै विश्वबजारमा पुग्छन् ।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह