काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने

राजनीति

काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने

Arjun-Narsingh-KC

काठमाडौँ-   प्रतिनिधिसभा चुनावबाट निर्वाचित ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने भएको छ। उनले सोमबार शपथ लिएपछि बिहीबार सिंहदरबारस्थित संसद् भवनमा उनले अन्य २ सय ७४ सांसदहरूको शपथ गराउनेछन्।

केसीको शपथ सोमबार बिहान सवा ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुन लागेको हो।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने र उनैले अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउने व्यवस्था कानुनमा छ।

संघीय संसद सचिवालयले १२ चैत दिउँसो २ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथको कार्यक्रम राखेको छ।

उनीहरूलाई केसीले शपथ खुवाउनेछन् । केसीले प्रतिनिधिसभाबाट सभामुख निर्वाचित नहुँदासम्म सभाको ज्येष्ठ सदस्यका रूपमा अध्यक्षता गरेर सभा पनि सञ्चालन गर्नेछन्।

शुक्रबार रामनवमीका दिन भने प्रधानमन्त्रीका रूपमा बालेन शाहले शपथ लिने कार्यक्रम छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ