काठमाण्डौ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम आयोगले सात वर्षको अवधिमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै मुस्लिम समुदायको अधिकार, पहिचान र सशक्तीकरणमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन आवश्यक रहेको बताएका छन्।
मुस्लिम आयोगको सातौँ स्थापना दिवसको अवसरमा शनिबार काठमाण्डौमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले संविधानले सुनिश्चित गरेको समानता, न्याय र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मूर्तरूप दिन आयोगले शिक्षा, रोजगारी, महिला सशक्तीकरण, सामाजिक सद्भाव र सांस्कृतिक उत्थानका क्षेत्रमा उल्लेखनीय काम गरेको बताए।
‘मुस्लिम समुदायले नेपालको इतिहास, संस्कृति, व्यापार, शिक्षा, कला र सामाजिक सद्भावमा पुर्याएको योगदान अमूल्य छ’, उपराष्ट्रपति यादवले भने, ‘मुस्लिम आयोगले भविष्यमा अझ उज्ज्वल यात्राको सङ्कल्प लिनुपर्ने आवश्यकता छ। त्यसका लागि मुस्लिम युवालाई गुणस्तरीय शिक्षा, निजामती सेवा, न्याय सेवा, सेना–प्रहरी तथा कूटनीतिक निकायमा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ।’

उनले मुस्लिम महिलालाई सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सक्षम बनाउने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।
‘नेपाल विविधता र सहअस्तित्वको सुन्दर बगैंचा हो, मुस्लिम समुदायले आफ्नो संस्कृति, परम्परा र विश्वासका फूलहरू फुलाउँदै साझा पहिचानलाई अझ सुगन्धित बनाएको छ’, उपराष्ट्रपति यादवले भने।
उनले मुस्लिम आयोगले समुदायको अधिकार प्रवर्द्धन, क्षमता विकास तथा सशक्तीकरणका कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले कार्यान्वयन गरी सुखी, समृद्ध र आत्मनिर्भर समुदाय निर्माणमा अग्रणी भूमिका खेलोस् भन्ने शुभेच्छा व्यक्त गरे।
कार्यक्रममा गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसहित बागमती, कोशी, सुदूर पश्चिम लगायतका प्रदेशका प्रदेश प्रमुखहरू पनि विशिष्ट अतिथिका रुपमा सहभागी थिए ।
प्रदेश प्रमुख भट्ट लगायतले सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा ईद–उल–फित्रको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गरे । समारोहमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु