गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशमा रहेका नेपालीलाई सीआईएले कब्जा गरेर घण्टीमा भोट हाल्न लगाएको आरोप लगाएका छन्। अध्यक्ष केसीले पार्टीको पत्रकार सम्मेलनमा बोल्दै विदेशमा रहेका डाक्टर, इन्जिनियर, वकिल, न्यायाधीश, प्रोफेसर, विद्यार्थी सबैलाई सीआईएले कब्जा गरेको जिकिर गरे।
उनले भने, ‘उनीहरूलाई घरका आफ्ना आमा, बाबु, अभिभावकलाई घण्टीमा है भोट घण्टीमा, हैन भने म घर आउन्न। हेर्नुस् त, यस्तो देश हुँदा खेरी पनि हामी चिन्तित हुने कि नहुनेरु अब कति बुद्धि पुर्याएका हुन्रु नेपाली जनताले खान पाएनन्, नेपाली समाजमा भ्रष्टाचार भयो, नेपाली जनताले दुःख पाए भनेर हो र ? नेपाललाई चीनको विरुद्धमा लड्नको लागि उपयोग गरेको हो।’
उनले अमेरिकाले भनेर नै कांग्रेसी, एमाले र माओवादीले एमसीसी पास गरिदिएको आरोप लगाए।
उनले थपे, ‘एसपीपी पनि उनीहरूले पास खुरुक्क गर्दिएको भए त यो गति गराउँथेनन्। एसपीपी पास गर्न मानेनन्। यसमा सिधै कुरा छ। जनताको जनमत सधैँ सही ठाउँमा नपर्न सक्छ। इतिहासमा हिटलरको उदाहरण पनि छ। र ब्रिटिस साम्राज्यवादले दुई सय वर्ष भारतमा शासन गरेर अन्त्यमा हिन्दु-मुस्लिमबीच विभाजन सिर्जना गर्दै देश टुक्र्याएर गयो। आज पनि त्यसको असर देखिन्छ।’
अहिले विश्वभर मानव जातिको प्रमुख शत्रु अमेरिकी साम्राज्यवाद भएको जिकिर गरे।
उनले थपे, ‘हामीले यसको विरुद्ध बोल्दा केही शक्तिहरू असहज हुन्छन्। नेपालभित्रका राजनीतिक घटनाक्रममा समेत बाह्य हस्तक्षेप भएको आशंका गर्नुपर्ने अवस्था छ। इरानका जनताले साहस देखाएका छन्, तर हामीले नेपालमा साम्राज्यवादविरुद्ध जनमत निर्माण गर्न सकेनौँ भने हाम्रो स्थिति झन् जोखिमपूर्ण बन्न सक्छ। एकातिर भारतीय हस्तक्षेप र भूभाग मिचिने समस्या छ भने अर्कोतिर नागरिकताको विषयमा दबाब छ।’
अमेरिकाले नेपाल-चीन सम्बन्ध कमजोर बनाउन खोजिरहेको उनको विश्लेषण छ।
उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलजस्ता परियोजनालाई ऋणको पासो भनेर प्रस्तुत गरिन्छ। एमसीसीजस्ता सम्झौतामार्फत नेपाललाई रणनीतिक रूपमा प्रयोग गर्ने प्रयास भइरहेको छ। यदि हामी सचेत भएनौँ भने नेपाललाई ठुलो शक्ति सङ्घर्षको मैदान बनाइने खतरा छ।’
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए