काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल भइरहेको बताएका छन् ।
साथै उनले इरानका विद्युत् केन्द्रहरूमा गर्ने भनिएको सम्भावित सैन्य आक्रमण तत्काललाई स्थगित गरिएको जानकारी दिएका छन् ।
सीएनएनको अपडेटअनुसार ट्रम्पले कूटनीतिक प्रयासलाई अवसर दिन आक्रमण रोकिएको संकेत गरेका हुन् ।
उनले दुवै पक्षबीच संवादको ढोका खुला रहेको र युद्ध अन्त्यतर्फ प्रगति हुन सक्ने बताएका छन्। उनले इरानसँगको वार्ता सकारात्मक र परिणाममुखी भइरहेको समेत बताएका छन् ।
ट्रम्पले आफ्नो सोसल मिडिया ट्रुथमा लेखेका छन्–इरानासँग गहिरो र ठोस वार्ता शुरु भएको छ । यो साताभरी यस्ता वार्ताहरु जारी रहनेछन् ।
मैले ‘डिपार्टमेन्ट अफ वार’लाई इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारमाथि गरिने सबै प्रकारका सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु । यो निर्णय जारी बैठक र छलफलको सफलतामा निर्भर रहनेछ ।
चौथो साता लाग्दा पनि इरानलाई परास्त गर्न अमेरिका र इजरायल असफल भइरहदा मध्यपूर्वका अन्य अमेरिकाका सहयोगी देशहरुको अवस्था अस्तव्यस्त भइरहेको छ ।
विश्वकै अर्थव्यवस्थामा चुनौति थपिएपछि इरान युद्ध अन्त्य गर्न अमेरिकामाथि आन्तरिक र बाह्यक दबाब बढिरहेका बेला ट्रम्प एक कदम पछि हटेर वार्ताको प्रयासमा लागेका हुन् ।
इरानको प्रतिक्रिया- हाम्रो कडा चेतावनीपछि ट्रम्प पछि हट्न बाध्य भए
इरानका आणविक संयन्त्रहरूमा आक्रमण स्थगित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई इरानले पछि हट्न बाध्य भएको भनेर कडा टिप्पणी गरेको छ ।
अफगानिस्तानको काबुलस्थित इरानी दूतावासले ट्रम्पले इरानको “कडा चेतावनी” पछि आक्रमण नगर्ने निर्णय गरेको प्रतिक्रिया दिएको छ । दूतावासका अनुसार इरानको स्पष्ट सन्देशपछि अमेरिका पछि हट्न बाध्य भएको हो ।
यसैबीच, इरानी समाचार एजेन्सी तस्निमले पनि ट्रम्पको निर्णयलाई ‘पछाडि हटेको’ रूपमा व्याख्या गर्दै “Trump backs down!” शीर्षकमा टिप्पणी गरेको छ।
ट्रम्पले यसअघि इरानका आणविक तथा ऊर्जा संरचनामाथि ४८ घण्टाभित्र आक्रमण गर्ने चेतावनी दिएका थिए ।
सम्बन्धित खबर
ब्राउन सुगरसहित स्याङ्जाबाट दुई जना पक्राउ
काठमाडौँ– २ र ९ लाई प्राथमिकतामा राख्दै आशिकाले गरिन् स्वतन्त्र उम्मेदवारी घोषणा
हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
सीएम स्वीमिङ पुल अब नयाँ व्यवस्थापनमा, स्तरोन्नतिसँगै बन्यो ‘पोखरा सेन्ट्रल ओयसिस’
पोखरामा सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड फुटबल हुँदै
प्रधानमन्त्री ओली पोखरामा भोलि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह