काठमाडौँ — कांग्रेस सभापति गगन थापाले निर्वाचनबाट ठूलो मतका साथ विजयी भएको रास्वपालाई शुभकामना दिएका छन् ।
उनले चुनावले आफूहरूलाई प्रतिपक्षको भूमिका दिएको बताउँदै यो महत्वपूर्ण भूमिका भएको बताए । उनले भने, ‘सरकारसँग बढी ताकत भएका बेला प्रतिपक्षको झनै ठूलो भूमिका हुन्छ ।’ कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् ।
उनले चुनावमा आफूहरू प्रतिज्ञा गरेर गएको भन्दै जनताको मतले सरकार सञ्चालन गर्ने भूमिका नदिए पनि संसदमा प्रतिपक्षको भूमिका दिएको बताए । उनले भने, ‘अबको ५ वर्षमा नेपालमा सुशासन र विकास पहिलेको भन्दा ५ गुणा बढी हुनुपर्छ । तर त्यो गतिमा लिएर जाने जिम्मा रास्वपाले पाएको छ । त्यसमा कांग्रेसको पूर्ण साथ रहन्छ । गति नपुगेका ठाउँमा प्रश्न हुन्छ ।’
उनले अबको ५ वर्ष कुनै पनि राजनीतिक दुर्घटना नहुनुपर्ने बताउँदै यसका निम्ति आफूहरू सचेत हुनुपर्ने पनि बताए । उनले भने, ‘सुशासनका विषयमा २०८२ भन्दा अघिका विषयलाई पनि टुंग्याउनुपर्छ । २०४६ पछि जतिपनि सरकारमा बनेका छन् र सार्वजनिक भूमिकामा बसेका सबैको सम्पत्ति छानबिन हुनुपर्छ र गैरकानुनी देखिए जफत हुनुपर्छ ।’ उनले रास्वपाले पनि यही कुरा भनेको भन्दै नयाँ बनेको सरकारले यो छानबिनका लागि आयोग बनाउनुपर्ने बताए ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण