काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले सपथ लिएका छन्। सिंहदरवारस्थित संसदमा उनीहरूले सपथ लिएका हुन्।
संसदका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई सपथ गराएका हुन्। सपथ समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी थिए। उनको मुद्दा अदालतमा चलिरहेका बेला सपथ लिन पाउने कि नपाउने बहस चलिरहेका बेला सभापति लामिछानेले पनि सांसदको सपथ लिएका हुन्।
सपथ समारोहअघि संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले संसदका काम कारबाही हाललाई बहुउद्देश्यीय हलबाट सञ्चालन गरिने बताए। उनले संसद हलमा कमी कमजोरीसमेत रहेको हुनसक्ने बताउँदै हाललाई सोही हलबाट काम चलाउने स्पष्ट पारे।
४७ सांसदले लिए मातृभाषामा संसदको शपथ
संघीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपाली बाहेक आ–आफ्नो मातृ भाषामा शपथ लिएका छन् । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।
नौलो दृष्य : ज्ञानेन्द्र–हर्क र प्रचण्ड–बादल सँगसँगै, एउटै बेञ्चमा कांग्रेस–एमाले र नेकपा
रास्वपा वाहुल्य रहेको रहेको प्रतिनिधिसभाको शपथ ग्रहणमा आज रोचक र नौलो दृष्य देखिएको छ । सभाहलको आधाभन्दा ठूलो भाग ओगटिने गरी रास्वपाका सांसदहरु कक्षको दुई वटा ‘रो’ मा बसेका थिए । परम्परागत ठूला दलहरु कांग्रेस, एमाले र नेकपा एउटै ‘रो’ मा देखिएका थिए ।
प्रतिपक्षी लहरको सबैभन्दा अघिल्लो सिटमा नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल सँगसँगै देखिए । उनीहरु पूर्व सहयोद्धा हुन्। उनीहरु दुवै राष्ट्रिय पोशाकमा थिए । उनीहरुसँगै कांग्रेसका दुई सांसद छन् । तेस्रो ‘रो’ मा राप्रपाका ज्ञानेन्द्र शाही र श्रम संस्कृति पार्टीका हर्क साम्पाङ पहिलो सिटमा सँगसँगै देखिएका थिए । आजको बैठकमा प्रायः सांसदहरुले राष्ट्रिय पोशाक लगाएका थिए । केही सांसदले मौलिकता झल्किने गरी जातीय र सांस्कृतिक पहिरन लगाएर पुगेका थिए ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा