राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजै मन्त्रीहरूको नाम टुंग्याउने भएको छ । बिहीबार रास्वपा कार्यालय वनस्थलीमा बसेको बैठकले विधान संशोधन गरी संसदीय दलको नेतामा बालेन्द्र शाहलाई चयन गरेको थियो ।
रास्वपाले आज साँझ संसदीय दलको नेतामा बालेनलाई चयन गरेको छ । शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिँदैछन् । प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी रास्वपाले गरेको छ । त्यसअघि रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेन मन्त्रीकाे नाम टुंग्याउन छलफलमा जुटेका हुन् ।
बैठक सकिएलगत्तै शाह र लामिछाने सँगै गाडीमा निस्किएका छन् । रास्वपाका एक पदाधिकारीका अनुसार उनीहरू गोप्य बैठकमा सहभागी हुन निस्किएका हुन् ।
उनीहरू कहाँ गएर मन्त्रीहरूको नाम टुंग्याउँछन् भन्ने खुलाइएको छैन । मन्त्रीको आकांक्षीहरू धेरै भएको हुँदा उनीहरूले भागबन्डाका आधारमा मन्त्रीहरूको संख्या यकिन् गर्नेछन् ।
सांसदका लागि उम्मेदवार चयन गर्ने क्रममा रवि र बालेन पक्षले ६०–४० को भागबन्डा गरेका थिए । मन्त्रीमा उनीहरूले सोही अनुपातमा मन्त्रालय लिने बुझिएको छ ।
‘को मन्त्री हुन्छ अहिलेसम्म फिक्स भएको छैन । बाहिर चर्चामा आएका नामहरू सतही छन्’, ती पदाधिकारीले भने, ‘अब दुई नेता बसेर को मन्त्री बन्ने भन्ने अन्तिम रूप दिनेछन् ।’
सभापति रवि लामिछानेले मन्त्री, सभामुख र उपभासमुख छान्ने विषयमा नेतृत्वलाई विश्वास गर्न सांसदलाई आग्रह गरेका छन्।
रास्वपा केन्द्रीय कार्यालय, वनस्थलीमा बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति लामिछानेले मन्त्री छनोटका लागि नेतृत्वलाई विश्वास गर्नुपर्ने बताएका हुन्। रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकमा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लगायतका पदाधिकारी उपस्थित थिए।
संयुक्त बैठकमा सभापति लामिछानेले मन्त्री, सभामुख र उपभासमुख छनोटलगायतका विषयमा पनि बोलेका थिए। मन्त्री बन्नका लागि ‘लबिइङ’ नगर्न र नेतृत्वलाई विश्वास गर्नुपर्नेमा उनले जोड दिएका थिए।
सभापति लामिछानेले मन्त्री छनोटका लागि नेतृत्वलाई विश्वास गर्नुपर्ने भनाइ राखेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहभागी एक नेताले नेपालखबरलाई बताए। ‘नेतृत्वलाई विश्वास गरेर मन्त्री, सभामुख, उपसभामुख छान्ने जिम्मा दिनुस्,’ लामिछानेको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘हामी विज्ञता हेरेर छनोट गर्छौं।’
उनका अनुसार संयुक्त बैठकमा सभापति लामिछानेले धेरै पटक ‘नेतृत्वलाई विश्वास गुर्नस्’ भनेका थिए।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा