आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ

राजनीति

आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ

फेरियो प्रधानमन्त्री कार्यालयमा कुर्सी

pm_office

काठमाडौं : नेपालले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को सबैभन्दा ठूलो दल रास्वपाका संसदीय दलका नेता बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्दैछन्।

राष्ट्रपति कार्यालयका अनुसार शीतल निवासमा आज दिउँसो १२:३४ शुभ साइतमा राष्ट्रपति पौडेलले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।

उनी नेपालको संविधानको धारा ७६(१) अनुसार सरकारको नेतृतत्व गर्दैछन्। रास्वपाले १८२ सिटसहित झण्डै दुई तिहाइ सिट जित पारेको छ। शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बालेन बस्ने कुर्सी परिवर्तन गरिएको स्रोतको भनाई छ। वास्तुशास्त्र अनुसार हालको कार्यलयको सेटअप परिवर्तन गरेर आसन मिलाइएको हो। सिंहदरबार स्रोतका अनुसार नागरिकलाई अब पहिले झैं प्रधानमन्त्री कार्यालयमा सहज प्रवेश नहुने देखिएको छ।

शपथ ग्रहणमा शंखनाद र स्वस्तिशान्ति

शुक्रबार मध्याह्न १२:३४ बजेको शुभ साइतमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहले शपथ ग्रहण गर्ने कार्यक्रम छ। समारोहमा ७ वटा शंखबाट शंंखनाद हुनेछ भने १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन हुनेछ। बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिनेछ।

शपथ ग्रहणपछि प्रधानमन्त्रीको सिंहदरबारमा पदबहाली करिब २:१५ बजे हुने व्यवस्था मिलाइएको छ। पार्टीले १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको छ।

रास्वपाका सभापति रवि लामिछाने र बालेन्द्र शाहबीच बिहीबार मध्यरातिसम्म मन्त्रिपरिषद् टुंग्याउने विषयमा छलफल भएको थियो। बालेनले आज मन्त्रिमण्डल गठन गर्नेछन्। सभामुखको टुंगो पनि लगाउने तयारी भएको छ। पार्टी सभापति लामिछानेले यसअघि नै अर्थमन्त्रीका रूपमा उपसभापति डा. स्वर्णिम वाग्लेको नाम प्रस्ताव गरिसकेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds