पोखराको पालिखेचोकस्थित प्रतिभा माविले कक्षा १२ का विद्यार्थीलाई शनिबार एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ ।
कक्षा १२ को अन्तिम परीक्षाको पर्खाइमा रहेका विद्यार्थीलाई विद्यालयले शनिबार बिदाई गरेको हो । बिदाई कार्यक्रमका लागि कक्षा ११ का विद्यार्थीले संयोजन गरेका थिए ।
शनिबार आयोजित बिदाई कार्यक्रमको प्रतिभा मावि संचालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका थिए । अध्यक्ष पौडेलले कक्षा ११ ले १२ का विद्यार्थीलाई बिदाई गर्नु आफैमा गतिलो संस्कार भएको बताए । उनले कम्तिमा दुइवर्षको यो अवधिले अगाामि दिनमा अघि बढ्न थप उर्जा मिल्ने बताए ।
‘युवाले अहिलेको उर्जाशिल समयलाई उपयोग गरेर भविश्यका लागि अघि बढ्नुपर्छ । भविश्य उज्जवल बनाउन लगनशीलता र अटुट निरन्तरता चाहिन्छ,’ पौडेलले भने, ‘सफलताको लागि अनुशासन पनि चाहिन्छ ।’ अध्यक्ष पौडेलले बेलैमा आफ्नो महत्व बुुझ्न नसके अहिलेको उर्जा भविश्यमा कमजोर हुँदै जाने पनि बताए । अहिलेको प्रतिश्पर्धाले भोलिको भविश्य निर्धारण गर्ने पनि उनले बताए ।
विद्यालयका प्राचार्य किरण सापकोटाले सफलताको यात्रामा अगाडि बढ्नका लागि विद्यार्थीलाई हौसला आवश्यक रहेको बताए । सापकोटाले प्रतिभाका विद्यार्थीमा सबैखाले आत्मविश्वास रहेको बताए ।
‘विद्यार्थीको मेहनत र लगाव देखेर सिंगो विद्यालयले उनीहरुको भविश्य उज्जवल देखेको छ,’ उनले भने, ‘अहिलेको यो मेहनतलाई खेर नफाल्नु । निरन्तरको मेहनतले भविश्यमा सफलता हात पार्नेछ ।’
पछिल्लो वर्ष विद्यालयका विद्यार्थीले विभिन्न क्षेत्रमा प्रतिभा देखाएर विद्यालयका लागि मात्र नभई सिंगो पोखराको शैक्षिक क्षेत्रका लागि गुन लगाएको प्राचार्य सापकोटाले बताए । सिंगो देशका लागि स्वर्ण पदक भित्र्याउने विद्यार्थी उत्पादन गर्न विद्यालय सफल भएको सापकोटाले बताए ।
‘पोखराका शैक्षिक गतिविधिमा प्रतिभाको नाम अग्रपंक्तिमा छ, यो हुनुमा विद्यार्थीको मेहनत र लगाव पनि एउटा कारण हो,’ उनले भने, ‘हामी भविश्यमा थप इतिहास रच्नका लागि आतुर छौ ।’ प्राचार्य सापकोटाले जिवनमा जति नै सुकै ठूलो पदमा पुगेपनि आमाबाबु, जन्मथलो र विद्यालयलाई नबिर्सन विद्यार्थीलाई सुझाव पनि दिए ।
प्रतिभा माविलाई देशकै अब्बल शैक्षिक संस्था बनाउनका लागि विद्यार्थीले राजदूतको भूमिका निभाएको उनले बताए । ‘कुनैबेला हामीलाई अप्ठेरो पर्दा त्यो अप्ठेरो फुकाउने चाबि हाम्रै विद्यार्थी बन्नेछन,’ उनले भने । प्रतिभा माविमा नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ । विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्यापन हुन्छ । बिदाई कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम पनि पस्केका थिए ।
सम्बन्धित खबर
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष