प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्‍यो १ हजार ४९ पेजको सुशासन मार्गचित्र

राजनीति

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्‍यो १ हजार ४९ पेजको सुशासन मार्गचित्र

pm-office

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुशासन मार्गचित्र– २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। कार्यालयको वेभपोर्टलमा आइतबार प्रतिवेदन सार्वजनिक गरिएको हो।

जेनजी आन्दोलनको माग र भावना अनुसार, शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय महाशाखा हेर्ने सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको हो।

समितिले चैत ३ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो। सोही १ हजार ४९ पेजको प्रतिवेदन सार्वजनिक गरिएको हो। प्रतिवेदनमा १७६५ वटा सुधार गर्नुपर्ने विषय समावेश छन्।

सुशासन मार्गचित्र २०८२ पढ्न यहाँ क्लीक 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ