काठमाडौँ- नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहलाई तिब्बती निर्वासित धार्मिक नेता दलाई लामाको भारतस्थित धर्मशालाबाट निर्वासित केन्द्रीय तिब्बती प्रशासनका प्रमुखले बधाई दिएका छन्।
दलाई लामाका प्रमुख प्रशासक सिक्योंग पेन्पा छिरिङले प्रधानमन्त्री शाहलाई बधाईपत्र पठाएका हुन्।
उनले हालैको जेनजी नेतृत्वको आन्दोलनपछि नेपालको कान्छा प्रधानमन्त्रीका रूपमा उदय हुनु नेपाली जनताको,विशेष गरी युवापुस्ताको आकांक्षाको शक्तिशाली प्रतीक रहेको आफ्नो बधाईपत्रमा उल्लेख गरेका छन्।
नेपाल र तिब्बतबीच गहिरो ऐतिहासिक र आध्यात्मिक सम्बन्ध पुस्तौँदेखि कायम रहेको उल्लेख उनले गरेका छन्।
उनले पत्रमा लेखेका छन्- ‘तिब्बतलाई जबरजस्ती कब्जा गरेपछि तिब्बती समुदायले नेपालमा शरण पाएका थिए। आफ्नो तिब्बती पहिचान जोगाउँदै नेपालको सामाजिक र आर्थिक जीवनमा लामो समयदेखि योगदान पुर्याउँदै आएका छन्। यो सम्भव भएको नेपाल सरकार र जनताको उदारताका कारण हो,जसका लागि हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौँ।’
उनले थप लेखेका छन्, ‘तपाईंको सक्षम नेतृत्वमा हाम्रा जनताबीचको मित्रता अझ सुदृढ हुने आशा छ।’
निर्वासित तिब्बती सरकारले यसअघि जेनजी आन्दोलनपछि गठित अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई पनि शुभकामना दिएको थियो।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा