संघीय संसद्को अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस, सभामुख र उपसभामुख चुनिँदै

राजनीति

संघीय संसद्को अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस, सभामुख र उपसभामुख चुनिँदै

cabinet-meeting-chait balen

काठमाडौँ — मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार चैत १९ गते २ बजे बस्ने गरी संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्को बैठक सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको थियो । प्रतिनिधिसभाको निर्वाचन पछिको पहिलो अधिवेशन बस्न लागेको हो । यो बैठकमा प्रतिनिधिसभाले सभामुख र उपसभामुख निर्वाचित गर्नेछ । संविधानको व्यवस्थाअनुसार निर्वाचन पछिको पहिलो अधिवेशनको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गराउनुपर्ने हुन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ