पश्चिम एसियामा जारी युद्धका कारण हवाई इन्धनको मूल्य झण्डै दोब्बरले बढेपछि नेपालमा आन्तरिक हवाई भाडा एकैपटक उल्लेख्य रूपमा वृद्धि भएको छ।
एक महिनादेखि जारी युद्धको प्रभाव आन्तरिक हवाइ उडानमा परेको हो । हवाई इन्धनको मूल्य ९८ प्रतिशतले बढेपछि आन्तरिकमा हवाई उडानको भाडा समेत झण्डै दोब्बरले वृद्धि भएको छ ।
पोखरा काठमाण्डौको हवाई भाडा झण्डै २ हजारले वृद्धि भएको छ । काठमाडौं–पोखरा रुटमा १९ सय ७० ले वृद्धि भई ३९ सय ८५ पुगेको हो । यसमा एयर फेयर र विमानस्थल सेवा शुल्क थप लाग्छ । कुनै पनि आन्तरिक हवाई टिकटमा वायुसेवाले तीनवटा शिर्षक जोडेर भाडा निर्धारण गर्छन् ।
वायुसेवा सञ्चालक संघका सदस्य एवं बुद्ध एयरका निर्देशक रुपेश जोशीका अनुसार इन्धनको मूल्यवृद्धि भएकै कारण हवाई भाडाअन्तर्गत फ्यूल सर चार्ज बढ्दा सबैभन्दा धेरै हवाई भाडा काठमाडौं(धनगढी रुटको पुगेको छ ।
नयाँ दरअनुसार काठमाडौं–धनगढी रुटको भाडाअन्तर्गत फ्यूल सर चार्ज एकैपटक ५४ सय ८० रुपैयाँले बढेको छ ।
मंगलबारसम्म वायुसेवा कम्पनीले यो रुटको टिकटअन्तर्गत इन्धनमा लाग्ने शुल्क (फ्यूल सर चार्ज) ५६ सय १० रुपैयाँ मात्रै थियो । अब धनगढीको हवाई भाडामा फ्यूल सर चार्ज मात्रै ११ हजार ९० पुगेको छ । यसमा एयर फेयर र विमानस्थल सेवा शुल्क अलगै तिर्नुपर्ने छ ।
यसैबीच अब काठमाडौंबाट हुने पर्वतीय ९माउन्टेन० उडानमा ४२ सय ५५ रुपैयाँले वृद्धि भई ८ हजार ६१५, काठमाडौं-सुर्खेतमा ४२ सय ८५ ले वृद्धि भई ८ हजार ६५७, काठमाडौं-नेपालगन्ज रुटमा ४ हजार ४५ ले वृद्धि भई ८ हजार १८५, काठमाडौं– भद्रपुर रुटमा ३७ सय २५ ले वृद्धि भई ७५ सय ४०, काठमाडौ–जनकपुर रुटमा १६ सयले वृद्धि भई ३२ सय ३०, काठमाडौं-भरतपुर रुटमा १३ सय ३० रुपैयाँले वृद्धि भई २६ सय ९०, काठमाडौं- विराटनगर रुटमा २९ सय ८० रुपैयाँले वृद्धि ६ हजार २०, काठमाडौं-भैरहवा रुटमा २५ सय ५५ रुपैयाँले वृद्धि भई ५१ सय ७० र काठमाडौं-सिमरा रुटमा ११ सय २० रुपैयाँले भाडा वृद्धि भइ २२ सय ६० रुपैयाँ फ्लयु सर चार्ज मात्रै बढेको छ ।
नयाँ हवाई भाडा बुधबार बिहान १ बजेदेखि नै लागु भइसकेको छ । आन्तरिक उडानको हवाई भाडा निर्धारणमा फेयर, फ्युल सरचार्ज र विमानस्थल सेवा शुल्क समावेश हुन्छन् । पछिल्लो समय हवाई इन्धनको मूल्य करिब ९७ प्रतिशतले वृद्धि भएपछि नेपाल आयल निगमले प्रतिलिटर १२७ मा बिक्री भइरहेको इन्धनलाई बढाएर २५१ कायम गरेको छ । यससँगै हवाई सेवा प्रदायकहरूले नया भाडासूची लागु गरेका हुन् ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो