काठमाडौं । साइबर हिंसामा परेकी एमालेकी समर्थक जेनजी अमिशा पराजुलीले आफ्नो चरित्र हत्या गर्ने र धम्की दिनेहरूबिरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिइन् । उनले आफैंले अनुसन्धान गरेर चरित्र हत्या गर्नेहरुको इमेल, फोन नम्बर र लोकेसन सहित उजुरी दिएकी हुन् ।
‘अपशब्द प्रयोग गरेर कमेन्ट गर्नेहरु, मेरो नाममा फेक आइडी बनाएकाहरु, रोस्टको नाममा मानहानी गर्नेहरु सबैलाई उजुरी दिएकी छु,’ अमिशाले भनिन्, ‘मैले उनीहरुको आइडीको लिंक, फोटो, प्रोफाइल सबै अनुसन्धान गरेँ। प्रहरीलाई अनुसन्धान गर्न सजिलो होस भनेर प्रमाणहरु संकलन गरेँ । अनि प्रहरीलाई कानुन अनुसार कारबाही सिफारिस गरेकी हुँ ।’
आफूमाति तर्कसंगत रुपले आफ्नो धारणा राख्नेहरुलाई केही नगरेको उनले बताइन् । १६ वटा फेक आइडी, ३५-४० जना संजाल प्रयोगकर्ता र अन्य कमेन्टधारीहरुलाई कारबाही सिफारिस गरेको बताइन् ।
उनले दुखेसो पोखिन्, ‘मान्छेलाई कानुनदेखि कहाँ डर रहेछ र ! धेरैजसोलाई त्यसरी नबोलिदिनु, नलेखिदिनु भनेर इमेल गरेकी थिएँ । टिकटकहरुमा म्यासेज गरेकी थिएँ । तर, उनीहरुले टेरेनन् । बरु ‘यो मेरो नम्बर हो, यहाँ आइज’ भनेर धम्की दिए, खुलमखुल्ला नम्बर पठाए ।’
अति भएपछि आफूले साइबर व्युरो गुहारेको उनले बताइन् । अब बाँकी जे गर्नुपर्ने हो, प्रहरीले गर्ने विश्वास समेत व्यक्त गरिन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध प्रदर्शनमा जाँदा उनीमाथि डिजिटल हिंसा भएको हो ।
सम्बन्धित खबर
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा