काठमाडौं । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । प्रवक्ता पोखरेलका अनुसार, भोलि (चैत २३ गते) देखि यो समयावधि लागू हुनेछ ।
सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई तत्कालै राजपत्रमा प्रकाशित गरिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको खपत घटाउने र व्ययभार कम गर्ने उद्देश्यले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
सरकारले दिउँसो गरेको निर्णय आइतबार साँझ नै राजपत्रमा गरिएको हो।

हप्तामा दुई दिन बिदा दिँदा सेवा प्रवाह र कार्यसम्पादनमा असर पर्न नदिन सरकारले कार्यालय समय परिमार्जन गरेको छ। यसअघि बिहान १० बजे खुल्ने गरेका सरकारी कार्यालयहरू अब १ घण्टा अगाडि अर्थात् बिहान ९ बजे नै खुल्नेछन्।
नयाँ व्यवस्था अनुसार शनिबार र आइतबारको बिदा सरकारी कार्यालय र शैक्षिक संस्था दुवैमा लागू हुनेछ। तर, शैक्षिक संस्थाहरूको हकमा भने बिहान ९ देखि ५ को कार्यालय समय अनिवार्य नगरिएको राजपत्रमा उल्लेख छ।
मन्त्रिपरिषद् बैठकले के के गर्यो निर्णय ?
–डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमश: एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
–दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
–नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन, सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।
–राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने ।
–पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण ०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने ।
–शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने ।
–डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने ।
–आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु