काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्न यातायात व्यवस्था विभागलाई सैद्धान्तिक सहमति दिएको छ । सहमति पाएसँगै भाडा समायोजन गर्ने निर्णय भएको विभागले जनाएको छ । त्यहीअनुसार विभागले अन्तर प्रदेश भाडा समायोजनको सूचनासहितको सूची सार्वजनिक गरेको छ ।
इन्धनको मूल्यमा हुने घटबढअनुसार सार्वजनिक सवारीसाधनको भाडा स्वतः घटबढ हुने गरी स्वचालित भाडा प्रणाली ३१ चैत ०७८ को मन्त्रीस्तरीय निर्णयबाट लागू भएको थियो । त्यहीअनुसार यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा सोही अनुपातमा अन्तरप्रदेशीय यातायातको भाडा समायोजन गर्ने अधिकार पाएको छ । त्यहीअनुसार सूचकहरूको विश्लेषण तथा इन्धनको मूल्यमा आएको परिवर्तनले गर्दा भाडा समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
सरकारको निर्णयअनुसार यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशत भाडा समायोजन गरिएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २१.६८ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १५.७५ प्रतिशत भाडा समायोजन गरिएको छ ।
काठमाडौँ-पोखराको भाडा दर ७६१ पुगेको छ। यसअघि काठमाडौँ-पोखरा ६५२ रहेको थियो। नर्मल सवारी सधानको भाडा दर हो। डिलक्स र सुपर डिलक्सको भाडा यो भन्दा बढी रहेको छ।
यस्तै काठमाडौँ-नेपाल नेपालगन्जका लागि १८२०, काठमाडौँ-धनगढी २३४७, काठमाडौँ-तुलसीपुर १५०२, काठमाडौँ-विराटनगर १८५२, काठमाडौँ-भद्रपुर २०८०, काठमाडौँ-महेन्द्रनगर २०६६ पुगेको छ।
यसैगरी काठमाडौँ-बैतडी ३१६८, काठमाडौँ-मोरङ १९६४ भडादर पुगेको छ। यो नर्मल सवारी सधानमा हो। नर्मलबाहेकको सवारी सधानमा यो भन्दा बढी भाडा तोकिएको छ।
मंगलबार सरकारले सार्वजनिक सवारीको भाडामा १६.७१ प्रतिशत, माल वहाक सवारी साधनको २१.६८ प्रतिशत (पहाडि रुट) र तराई रुटमा चल्ने माल वहाक सवारीको भाडा १५.७५ प्रतिशतले बढाएको थियो।
सम्बन्धित खबर
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, रेड नोटिस जारी गर्ने प्रक्रिया सुरु
जनताले कुनै दल लक्षित विद्रोह गरेका होइनन्, उनीहरूले केवल सुशासन खोजेका हुन्: सांसद थकाली
नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
सरकारले प्रतिशोध साँध्न थाल्यो: देव गुरुङ
पेट्रोलियम पदार्थ आयातमा लाग्ने भन्सार र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट
यो पनि पढौँ
मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप