काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य सञ्चालनको गतिविधिमा युवा पुस्ताको बढ्दो संलग्नताप्रति सकारात्मक सुनिएका छन्। विगतमा राजनीतिक दलहरूको कार्यशैलीप्रति निकै आक्रामक देखिने गरेका पूर्वराजा यस पटक भने बालेन शाह नेतृत्वको सरकार र नयाँ पुस्ताको उदयप्रति नरम र आशावादी सुनिएका हुन् ।
सोमबार नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा भिडियोमार्फत शुभकामना सन्देश दिएका शाहले राजनीति र राज्य सञ्चालनमा युवाहरूको सहभागितालाई ‘उत्साहको विषय’ भन्दै यसले राष्ट्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेका हुन् । ‘पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साहित पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्छ,’ उनले भिडियो सन्देशमा भनेका छन् ।
विगतका राजनीतिक परिवर्तनहरू केबल सतहु मात्र भएको र दलीय खिचातानीले गर्दा देश प्रयोगशाला मात्र बनेको टिप्पणी उनले गर्ने गरेका थिए । तर, वर्तमान सन्दर्भमा युवाहरूको नेतृत्वले राष्ट्रिय समृद्धिमा योगदान पुर्याउने अपेक्षा गर्दै उनले नयाँ सरकारलाई केही महत्त्वपूर्ण सुझावहरू समेत दिएका छन् ।
पूर्वराजाले आर्थिक अवस्थालाई उकास्न, छिमेकी र बाह्य मित्र राष्ट्रहरूसँगको सम्बन्ध सुदृढ बनाउन र आन्तरिक सुरक्षा व्यवस्थालाई चुस्त राख्न नयाँ नेतृत्वलाई सुझाव दिएका छन्। उनले परनिर्भरता र पराधीनताबाट देशलाई जोगाउन हरेक क्षेत्रमा आत्मनिर्भर र स्वाधीन बन्नुपर्नेमा जोड दिएका छन् ।
पूर्वराजाले आपसी रिसराग र प्रतिशोधको राजनीति त्यागेर जनचाहना अनुसार अघि बढ्न आग्रह समेत गरेका छन् । युवा पुस्ताप्रति आशावादी देखिएका उनले सबै नेपालीले न्याय, शान्ति र सुख पाउने अभिलाषा व्यक्त गर्दै देशको मौलिक पहिचान जोगाउनु नै अहिलेको मुख्य दायित्व भएको बताएका छन् ।
सम्बन्धित खबर
आइजिपी पदमुक्त प्रकरणमा सरकार र सत्तारूढ पार्टीको भनाइ बाझियो, पार्टीलाई थाहै छैन !
पदावधि बाँकी रहेका पदमुक्त आइजीपी कार्की कानुनी उपचार खोज्न छलफलमा
मनोज केसी बनाइए नयाँ प्रहरी महानिरीक्षक
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !
जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता
चार घण्टा बसेको ‘फुलकोर्ट’का यस्ता छन् पाँच निर्णय
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !
इनम सापकोटा बालेनकै विचौलिया हुन्, निर्वाचन क्षेत्रमा सर्भेमा खटिएका थिएः सूर्य थापा