सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?

सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?

ढुवानी लागत बढ्दा भान्सासम्मका सामानको मूल्यवृद्धिको चिन्ता

nepal-oil-dipo-pokhara

काठमाडौं : सरकारले डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँ बढाएको छ। नेपाल आयल निगमले बुधबार जारी गरेको सूचनामा डिजेल र मट्टितेलको मूल्य बढेको जानकारी दिएको हो।

योसँगै काठमाडौं, पोखरा, दिपायलमा डिजेलको मूल्य बुधबार मध्यरातिबाट प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ।

मूल्य समायोजनपश्चात समेत डिजेलमा प्रति लिटर ९९.१६ रुपैंयाले अझै घाटा हुने निगमको भनाई छ। निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको छ।

पेट्रोलको मूल्ययथावत् राखिएको निगमको भनाई छ। मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको विज्ञप्तिमा उल्लेख छ।

मूल्यवृद्धिले सामान ढुवानी लागत बढ्दा भान्सासम्मका सामानको मूल्यवृद्धिको चिन्ता थपिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ