पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनुभव नभएका नयाँ पात्रहरूको राजनीतिक उदयले राष्ट्रिय एकता र सार्वभौमिकतामा गम्भीर प्रश्नचिह्न खडा गरेको बताएकी छन् ।
‘भूमिगत महिला’ नामक पुस्तकमाथिको छलफल कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन शाह प्रति लक्षित गर्दै देशको सार्वभौमिकता प्रति चिन्ता व्यक्त गरेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले अनुभवी नयाँ पात्र आउनु र अनुभव नभएकाहरू आउनुमा धेरै भिन्नता हुने तर्क गरिन्। उनले भनिन्, ‘अहिले नयाँ पात्रहरूको उदय भएको छ, तर अनुभव नभएका नयाँ पात्रहरूको आगमनले हाम्रो राष्ट्रिय परिस्थिति, एकता र स्वाभिमानमा ठुलो प्रश्न खडा गरेको छ।’
उनले अनुभवविहीन पात्रहरूका कारण देशको सार्वभौमिकता, जनजीविका र नागरिकले प्राप्त गरेका मौलिक हकहरू नै जोखिममा पर्न सक्ने बताइन्। ‘हामीले प्राप्त गरेको मौलिक हक, स्वतन्त्रता र लोकतन्त्रको भविष्य के हुने भन्ने प्रश्न अहिले टड्कारो बनेको छ,’ भण्डारीले थपिन् ।
यस्तो असहज परिस्थितिमा राज्यका सबै अंग र नागरिकहरूको सक्रियता आवश्यक रहेको उनको भनाइ थियो। उनले ३५/३६ साल र ६२/६३ सालको आन्दोलनको स्मरण गर्दै राष्ट्रलाई अप्ठ्यारो परेका बेला महिलाहरूको भूमिका सधैँ अग्रमोर्चामा रहेको उल्लेख गरिन् ।
आफू नेकपा एमालेको भ्रातृ संस्थाको नेतृत्वमा रहँदाको अनुभव सुनाउँदै उनले राजनीतिक दलहरूले महिला सहभागितालाई केवल संख्यामा मात्र सीमित नगरी अर्थपूर्ण बनाउनुपर्नेमा जोड दिइन् ।
पूर्वराष्ट्रपति भण्डारीले बदलिएको राजनीतिक परिवेशमा वरिष्ठ राजनीतिक दल र नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बेला आएको समेत बताइन् ।
सम्बन्धित खबर
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
बालेन्द्र शाहको तारिफ गर्दै सुनिताले भनिन्: पूर्वमेयर प्रधानमन्त्री हुँदा महानगरको प्रतिष्ठा बढ्यो
वाम एकताभन्दा आत्मसमीक्षा आवश्यक : प्रदीप ज्ञवाली
घाँसको भारीसँगै कर्णालीमा बेपत्ता बाबु-छोरा अझै फेला परेनन्
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गरीब जनता मारमा पार्ने गरी सरकारी अस्पतालमा अब शनिबार र आइतबार ओपीडी सेवा बन्द गर्ने निर्णय
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री