काठमाडौं- सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पक्षमा अन्तिम निर्णय दिएसँगै निवर्तमान सभापति शेरबहादुर देउवा समूह संकटमा परेको छ।
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सर्वोच्च अदालतको अन्तिम निर्णयसँगै नयाँ मोडमा पुगेको छ।
देउवा समूहले यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा दुई पटक वक्तव्यसमेत निकालेको थियो। तर त्यसरी कांग्रेसका नाममा वक्तव्य निकाल्ने हैसियत पनि यो समूहले शुक्रबारदेखि गुमाएको छ।
सबै राजनीतिक र कानुनी हैसियत गुमाएर एउटा समूहमा परिणत कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको यो समूहको बैठक स्मार्ट प्यालेस धुम्बाराहीमा बसिरहेको छ।
सर्वोच्च अदालतले थापा पक्षलाई पार्टीको आधिकारिकता दिने फैसला गरेपछि खड्काले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाएर छलफल गरिरहेका छन् । तर यो समूहबाट डा. शेखर कोइराला, शशांक कोइराला र धनराज गुरुङहरू भने सहभागी भएनन् ।
देउवा समूहको नेतृत्व गरिरहेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का अहिले सबैभन्दा बढी दबाबमा परेका छन्।
सर्वोच्च अदालतबाट अन्तिम फैसला आएसँगै तत्कालीन सभापति शेरबहादुर देउवा समूह छोड्ने क्रम सुरू भएको छ।
यही बीच उक्त समूहका प्रमुख नेताहरू डा. शेखर कोइराला , डा. शशांक कोइराला र पूर्वउपसभापति धनराज गुरुङ देउवा पक्षबाट अलग भएका छन्।
उनीहरूले गगन थापालाई सभापति मान्दै पार्टी एकताको पक्षमा उभिने निर्णय गरेका छन्। त्यही निर्णयअनुसार उनीहरू आइतबार काठमाडौंको धुम्बाराहीमा देउवा समूहले आयोजना गरेको भेलामा सहभागी भएनन्।
विशालनगरस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा आइतबार बिहान भएको छुट्टै भेलापछि मध्यमार्गी धारका यी नेताहरू गगनलाई सभापति स्वीकार्दै मिसिने निर्णयमा पुगेका हुन्।
उक्त भेलामा डा. शेखर, कोइराला परिवारका अर्का नेता डा. शशांक कोइराला र पूर्वउपसभापति धनराज गुरूङ पनि सहभागी थिए ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा