विराटनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २४ गते जेनजी आन्दोलनका समयमा देशका संरचनामाथि भएका तोडफोडलगायत विषयमा न्यायीक छानबिन आयोग गठन गर्नुपर्नेमा आफूहरूको अडान रहेको बताएका छन्।
बुधबार विराटनगरस्थित विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले न्यायीक छाबिन आयोग गठनको माग पूरा नभए कसरी पूरा गराउने त्यो विषय पनि आफूहरूलाई थाहा भएको सरकारलाई चेतावनी दिए। ‘सरकारलाई न्यायीक छानबिन आयोग बनाउनुपर्छ भन्ने हाम्रो अडान छ। अहिलेपनि मागेका छौँ। सरकारले माग पूरा गरेन भने कसरी पूरा गराउनुपर्छ हामीलाई थाहा छ’, थापाले भने।
प्रतिपक्षी दलकारुपमा आफूहरूको आवाज चर्को नभए पनि जिम्मेवार रहेको उनको भनाइ छ।
उनले सरकारको पछिल्लो समय कतिपय कुराहरु लहडका भरमा कानुन मिच्ने काम गरेको बताए। ‘सरकारले आफ्ना मनमा लागेका कुराहरुका आधारमा कानुनहरुलाई मिचेको, उल्लंघन गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छौँ’, उनले भने ‘हामीले जिम्मेवारीपूर्ण सतर्क गराइरहेकाछौँ। सरकारले सुन्छ भन्ने हाम्रो विश्वास हो, सरकारले सुनेन भने कसरी ठूलो बनाउने हामीलाई थाहा छ।’
उनले पार्टी भित्र एकताको पहलका लागि सबैसँग कुरा भइरहेको उनले बताए।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु