सरकारले साढे तीन वर्षपछि काठमाडौं उपत्यकाको सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै शनिबार या आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको निर्देशनपछि बिहीबार काठमाडौं महानगरपालिका, प्रमुख जिल्ला अधिकारी तथा सहरी विकास मन्त्रालयका केही उच्च कर्मचारीबिच विभिन्न चरणमा औपचारिक/अनौपचारिक कुराकानी भएका थिए।
बिहीबार साँझ प्रहरीले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमै पुगेर माइकिङ गरी शुक्रबार साँझसम्म बस्ती खाली गर्न सूचना दिएको छ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धनरले शनिबार या आइतबार उपत्यकाका नदीकिनारामा सरकारी जग्गा अतिक्रमण गरी त्यहाँ बसोबास गर्दै आएका सुकुम्बासीलाई अन्यत्र सार्ने विषयमा सरोकारवाला विभिन्न निकायसँग छलफल भइरहेको बताए।
खासगरी सुरक्षा र व्यवस्थापनको विषयमा टुंगोमा पुगेपछि महानगरले कदम चाल्ने तयारी गरेको उनको भनाइ छ।
‘बस्ती खाली गर्ने क्रममा अपनाउनुपर्ने सुरक्षा र उनीहरूको व्यवस्थापनको विषय महत्वपूर्ण कुरा हुन्। कदम चाल्नुअघि सुकुम्बासीलाई कहाँ राख्ने भन्ने विषयमा पहिले नै टुंगो लाग्नुपर्छ,’ मानन्धरले भने, ‘तत्काल सुकुम्बासीलाई होटलमा राख्दा लाग्ने खर्च त हामी दिन्छौं तर होटलमा तोडफोड भयो भने त्यसको जिम्मेवारी कसले लिने ? हामी लिन्नौं।’
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा विज्ञान प्रविधिमन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्ती हटाउने विषयमा मन्त्रिपरिषद्बाट कुनै निर्णय नभएको बताएका छन्।
यसअघि शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा २०७९ मंसिरमा थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गर्ने प्रयास भएको थियो।
त्यतिबेला महानगरको डोजर सुकुम्बासी बस्तीमा पुग्दा स्थानीयले प्रतिकार गरेका थिए। त्यसक्रममा तत्कालीन महानगर प्रहरी राजु पाण्डेसमेत घाइते भएका थिए।
स्थानीयले ढुंगामुढा गर्दै सुरक्षाकर्मीमाथि आक्रमण गर्न थालेपछि थप अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी पछि हटेका थिए। अहिले तिनै शाह प्रधानमन्त्री भएका छन्। सुकुम्बासी बस्ती खाली गर्ने विषयमा उनले चासो पनि राखेका छन्।
सुकुम्बासी भन्छन्– हामी कुनै हालतमा बस्ती छाड्दैनौं
यता सुकुम्बासीहरू कुनै हालतमा आफू बसोबास गर्दै आएको बस्ती नछाड्ने बताउँछन्।
कानुनअनुसार वर्षौंदेखि आफूले बसोबास गर्दै आएका ठाउँमा सुकुम्बासीलाई लालपुर्जा दिनुपर्ने उनको भनाइ छ।
‘वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँ/बस्ती हामीले छाड्दैनौं। कानुनअनुसार सरकारले हामीले बसोबास गर्दै आएको ठाउँको लालपुर्जा दिनुपर्छ,’ संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले भने, ‘भूमि ऐनअनुसार हामीलाई सरकारले लालपुर्जा देओस्।’
सरकारले शनिबार या आइतबार सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेपछि बिहीबार नै सुकुम्बासी मोर्चाको बैठक बसेको थियो। उक्त बैठकले कुनै हालतमा आफूहरूले बस्ती नछाड्ने, सरकारले खाली गर्न खोजे त्यसको प्रतिकार गर्ने निर्णय गरेको थियो।
बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ कात्तिक २५ गते सार्वजनिक सूचना निकाली १० दिनभित्र बाग्मतीको नदीकिनारामा बस्ती खाली गर्न भनेको थियो।
त्यसो नगरे विकास समितिले आफैं खाली गर्ने चेतावनी दिएको थियो। यस्तो चेतावनी दिएको १७ दिनपछि विकास समितिकै समन्वयमा महानगरले सुकुम्बासी टोलमा डोजर लगाएको थियो।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो