काठमाडौं। सरकारले काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गरेको छ।
सरकारले वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती शनिबार बिहान १२ः३० बजे खाली गरिएको थियो।
बस्ती खाली गराउने कार्यमा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयको सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका थिए। बसोबास गरिरहेका नागरिकहरूले समेत सरकारको यस कदममा ऐक्यबद्धता जनाउँदै सहयोग गरेपछि थापाथलीको बस्ती स्थानान्तरण कार्य शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ।
हालसम्म थापाथली, गैरीगाउँ र शान्तिनगरमा बसोबास गरिरहेका १४४ परिवार सरकारको सम्पर्कमा आएका छन्। बस्तीहरूमा कोही छुटेका छन् कि भनी खोजी तथा उद्धार कार्यलाई समेत जारी राखिएको छ।
सम्पर्कमा आएका र उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रंगशाला पु¥याएर उनीहरूको विवरण सङ्कलन गरिएको छ। उनीहरूलाई तत्कालका लागि काठमाडौंका विभिन्न होटेलहरूमा बसोबासको व्यवस्था मिलाइएको छ। यस्तै, घरायसी सामानहरू रंगशाला र कीर्तिपुरको सुन्दरीघाटस्थित राधा स्वामी सत्सङ्ग ब्यास नेपालमा छुट्टाछुट्टै स्थान तय गरी सुरक्षित रूपमा भण्डारण गरिएको छ।
सरकारले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित मनोहरा सुकुमवासी बस्तीमा आज डोजर चलाउने तयारी गरेको छ।
शनिबार साँझ बस्तीका संरचना भत्काउँदा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि त्यहाँ संरचना भत्काउने काम रोकिएको थियो। ढुंगा प्रहारबाट केही प्रहरीसमेत घाइते भएका छन्।
सरकारले काठमाडौँका नदी किनारका सुकुमवासी बस्ती हटाउने क्रम शनिबार बिहानबाट सुरु गरेको हो। सरकारले काठमाडौँ महानगरपालिका-११ थापाथली, काठमाडौँ-९ गैरीगाउँ र काठमाडौँ-३१ स्थित शान्तिनगरमा शनिबार डोजर चलाएर बस्ती हटाइएको छ। थापाथली, गैरीगाउँ र शान्तिनगरका बस्ती सहजै भत्काइए पनि मनोहराका स्थानीयले भने ढुंगा प्रहार गरेका हुन्।
आइतबार बिहानदेखि मनोहरामा डोजर चलाएर बस्ती हटाइने प्रहरीले जनाएको छ। मनोहरा बस्तीमा केही पक्की घर पनि छन्। पक्की घर डोजरले भत्काउन थालेपछि स्थानीय बासिन्दाले प्रतिकार गरेका हुन्।
थापाथली, गैरीगाउँ क्षेत्रमा भने डोजर चल्न थालेपछि बस्तीका बासिन्दा सामान सार्दै घरबाट निस्केका थिए। सरकारले काठमाडौँको नदी किनारका पाँच वटा बस्ती खाली गरिने जनाएको छ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार, शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी ८७१ घरधुरी रहेका छन्।
काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्क अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन्।
अतिक्रमित क्षेत्रमा बसोबास गरिरहेकाहरूले पनि सरकारको कदममा सहयोग गरेको दाबी सरकारले गरेको छ। थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले जानकारी दिए।
थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ।
वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्टमा राखिने सरकारले जनाएको छ। त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिने शाहले बताए।
सम्बन्धित खबर
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती
सुकुम्बासी बस्तीमा डोजर चल्दै, बस्ती खाली गर्न प्रहरीको माइकिङ
उद्योगी शेखर गोल्छा पक्राउ
सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा साइबर अपराध रोक्न कठिन भयोः आइजीपी कार्की
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प