सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा ऐन नियमित प्रक्रियामार्फत संसद्बाटै ल्याउने भएको छ । अध्यादेशमार्फत सो ऐन ल्याउने चर्चा चलिरहेको अवस्थामा अब भने सो ऐन संसद्बाटै आउने निश्चित भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदा आवश्यक सुझावका लागि सार्वजनिक गरेपछि अब सो ऐन नियमित प्रक्रियाबाटै आउने निश्चित भएको हो । मन्त्रालयकी सचिव चन्द्रकला पौडेलले संघीय निजामती सेवा ऐन अब नियमित प्रक्रियामार्फत संसद्बाटै जारी हुने बताउनुभयो ।
विधायन ऐन २०८१ को दफा ६ को उपदफा २ बमोजिम सुझाव मागिएकाले अब नियमित प्रक्रियामार्फत नै ऐन आउने सचिव पौडेलले जानकारी दिनुभयो ।
यसअघिका सरकारले कैयौं गृहकार्य गर्दा पनि विगत १० वर्षदेखि आउन नसकेको सो ऐन वर्तमान बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले भने छिट्टै ल्याउने निश्चितजस्तै भएको छ । यसअघि सो विधेयक संसद्मा पेस भएर व्यापक छलफल भए पनि विभिन्न शक्तिकेन्द्र र राजनीतिक दलहरूको स्वार्थका कारण अघि बढ्न सकेको थिएन ।
मन्त्रालयका अनुसार एक हप्ताभित्र सुझावहरू प्राप्त भएपछि उपयुक्त सुझावहरूलाई समेटेर लोकसेवा आयोगमा पठाउने प्रायोजनार्थ सो विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पठाइनेछ । मन्त्रिपरिषद्ले आवश्यक सुझावका लागि लोकसेवामा पठाउने निर्णय गर्नेछ र लोकसेवा आयोगबाट सुझावसहित सो विधेयक मन्त्रालयमा आएपछि मन्त्रालयले केही संशोधनसहित सो विधेयक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउनेछ । कानुन मन्त्रालयबाट अन्तिम भएर आएपछि मन्त्रिपरिषद् बैठकले सो विधेयकलाई संसद्मा पठाउने निर्णय गर्नेछ । संसद्मा पेस भएपछि सो विधेयक ऐनको रूप लिएर आउन केही समय लाग्ने बताइएको छ ।
गत चैत्र १३ गते सरकारले जारी गरेको सयदिने कार्ययोजनामा ४५ दिनभित्र संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने उल्लेख गरिएको थियो । सोहीअनुसार नै विधेयकको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । यद्यपि, सयदिने कार्ययोजनामा उल्लिखित दिनभन्दा केही ढिलाइ हुने देखिएको छ ।
यसअघिका सरकारले कैयौं गृहकार्य गर्दा पनि विगत १० वर्षदेखि आउन नसकेको सो ऐन वर्तमान बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले भने छिट्टै ल्याउने निश्चितजस्तै भएको छ । यसअघि सो विधेयक संसद्मा पेस भएर व्यापक छलफल भए पनि विभिन्न शक्तिकेन्द्र र राजनीतिक दलहरूको स्वार्थका कारण अघि बढ्न सकेको थिएन ।
पछिल्लो समय कर्मचारीहरू अवकाश भएको दुई वर्षसम्म कुनै पनि संवैधानिक निकायमा जान नपाउने व्यवस्थासहितको कुलिङ पिरियडका कारण विधेयक अघि बढ्न सकेको थिएन । तर, अहिले बनाइएको विधेयककको प्रस्तावित मस्यौदामा कुलिङ पिरियड यथावत् राखिएको छ । अब सेवानिवृत्त भएका कर्मचारीहरूले दुई वर्षसम्म कुनै पनि संवैधानिका निकायमा नियुक्ति नपाउने करिबकरिब निश्चित भएको हो ।
नेपाल समाचारपत्र
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु