काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया सुरू गरेको छ ।
अहिलेसम्म विभिन्न मन्त्रालय, निकाय र संवैधानिक आयोगहरूबाट ६२२ वटा सरकारी सवारी साधन फिर्ता लिइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिका पदाधिकारीले मात्र सरकारी सवारी साधनको सुविधा पाउने कानुनी व्यवस्था भए तापनि त्योभन्दा तल्लो तहका कर्मचारी तथा पदाधिकारीहरूले समेत चारपाङ्ग्रे सरकारी सवारी साधन प्रयोग गरिरहेको तथ्य फेला परेको थियो ।
सबै सरकारी निकायका कर्मचारी र पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको विस्तृत विवरण माग गरिएको थियो । गत १० गते परिपत्र गर्दै प्रचलित कानुनले सवारीसाधन उपलब्ध गराउनु नपर्ने तहका कर्मचारी र पदाधिकारीहरूले प्रयोग गरिरहेका सबै सवारी तत्काल फिर्ता गर्न निर्देशन दिइएको थियो ।
आगामी दिनमा कानुनले तोकेबाहेक कुनै पनि कर्मचारी वा पदाधिकारीले सरकारी सवारी साधनको एकल प्रयोग गर्न नपाउने । तर, काम विशेष वा असहज परिस्थितिमा सबै तहका कर्मचारी र पदाधिकारीले सामूहिक रूपमा सरकारी सवारी साधन प्रयोग गर्न पाउने बताइएको छ ।
सचिवालयले कानुन विपरीत सरकारी सवारी साधन प्रयोग गर्दा परेको आर्थिक भारबारे अध्ययन भइरहेको बताएको छ ।
सम्बन्धित खबर
नेपाली सेनाले माग्यो सुकुम्बासीको विवरण
कर्मचारी त्राहीमामः पहुँचको आधारमा सरकारी गाडी प्रयोग गर्नेमाथि कडाइ, ६२२ वटा फिर्ता ल्याइयो
निजामती कर्मचारीविरुद्ध मुद्दा चलाउन सरकारको स्वीकृति चाहिने !
सदनमा झण्डै दुई तिहाई बहुमत हुँदाहुँदै अध्यादेशको बाटोमा बालेन सरकार
विकल्पै नदिइ हतारमा २७५ जना विद्यार्थी पढ्ने विद्यालय भत्काएकोमा सरकारको चर्को विरोध
नेपालका सेना कुन स्वार्थमा चलिरहेका छन् ? भन्दै महेश बस्नेतको प्रश्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती