काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
मंगलबार २ र बुधबार ४ अध्यादेश सिफारिस हुन आएकोमा पहिलो चरणमा बिहीबार उनले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा उनले अध्यादेश जारी गरेका हुन् । गएको सोमबार (वैशाख १४) बसेको मन्त्रिपरिषद्को बैठकबाट यो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको थियो । मंगलबार (वैशाख १५) राष्ट्रपतिको कार्यालयमा २ अध्यादेश पुर्याइएको थियो ।
बुधबार ३ अध्यादेश र बुधबार राति नै राष्ट्रपति कार्यालय पुर्याइएको अध्यादेशसँगै सरकारले तयारी गरेको अध्यादेशको सङ्ख्या ७ पुगेको छ । राष्ट्रपति कार्यालय पुर्याएको पछिल्लो अध्यादेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सञ्चालन तथा नियुक्तिसम्बन्धी रहेको थियो ।
यसअघि राष्ट्रपति कार्यालय पुगेका ६ अध्यादेशमा सहकारी ऐन संशोधन अध्यादेशसँगै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, , विश्वविद्यालयसम्बन्धी अध्यादेश, केही नेपाल ऐन संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश र सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश छन् ।
सरकारले पठाएका अध्यादेशबारे थप अध्ययन एवं राय लिन राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहीबार ४ बजे शीतलनिवासमा केही कानुनविद्हरूलाई समेत बोलाएका छन् । छलफल जारी छ ।
संसदको अधिवेशन रोकेर संसदको बाटो छली सरकारले ल्याउन लागेका अध्यादेशप्रति विपक्षी दलहरूले विरोध गरेका छन् भने राष्ट्रपतिलाई कुनै हालतमा ती अध्यादेश जारी नगर्न आग्रह गरिसकेका छन् ।
यता सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) कै कतिपय सांसदहरूले समेत दुईतिहाइ नजिकको सरकारले अध्यादेश ल्याउने काम कुनै बहादुरी नभएको टिप्पणी गरेका छन् ।

सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा