काठमाडौं । शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा विभिन्न कारणले छुटेका नागरिकहरूलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेको छ।
मन्त्रालयले आज एक प्रेस नोट जारी गर्दै स्थानान्तरणका क्रममा सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक्ताका साथ दर्ता गरीएको भन्दै दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई आफ्नो विवरण दर्ता गर्न अनुरोध गरेको हो।
वास्तविक भूमिहीन नागरिकहरूको पहिचानका लागि सरकारले डिजिटल लगत संकलनको कार्य अघि बढाउँदै उनीहरूलाई होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गर्ने प्रबन्ध मिलाएको छ। उक्त होल्डिङ सेन्टरमा आवास, भोजन र स्वास्थ्य सेवाका साथै बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायतका आधारभूत सेवाहरू पूर्ण रूपमा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।
वास्तविक भूमिहीन तथा आर्थिक अवस्था कमजोर भएका कारण आफ्नो व्यवस्थापन आफैँ गर्न असमर्थ नागरिकहरूलाई राज्यले उपलब्ध गराएका यी सेवा र सुविधाहरूको लाभ लिन आग्रह गरिएको छ। सरकारले नागरिकहरूको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनर्स्थापनाका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको भन्दै सडकमा अलपत्र परेका सबैलाई दशरथ रंगशालास्थित केन्द्रमा आई दर्ता प्रक्रियामा सहभागी हुन अनुरोध गरेको हो।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु