काठमाडौं । पूर्वमन्त्री सुदन किरातीले प्रधानमन्त्री बालेन्द्र शाहमा अधिनायकवादी प्रवृत्ति देखिएको आरोप लगाएका छन् ।
सुकुमबासी बस्ती हटाउने क्रममा राज्यले अमानवीय व्यवहार गरेको आरोप लगाउँदै उनले बालेनमा अधिनायकवादी प्रवृत्ति देखिएको टिप्पणी गरेका हुन् । ‘पुराना पार्टीहरूले जनताको विश्वास गुमाएको अवस्थामा उनमा हिटलर र मुसुलोनी बन्ने सपना जागेको छ’सुदनको टिप्पणी छ ।
विगतमा परिवर्तनको आशा बोकेका जनताले विश्वास गरेको नेतृत्वबाट अहिले उल्टो व्यवहार भइरहेको बताउँदै उनले गरिब र कमजोर वर्गमाथि डोजर चलाइएको घटनालाई ‘राज्यसत्ताको दुरुपयोग’को संज्ञा दिएका छन्।
उनले सुकुमबासी समस्यामा ‘होलसेल’ दृष्टिकोण अपनाइएको भन्दै वास्तविक पीडितहरू अन्यायमा परेको उल्लेख गरे । ‘सुकुमबासीको नाममा हुकुमबासीलाई सजाय गर्नैपर्छ, तर निर्दोष र कमजोर वर्गमाथि अमानवीय व्यवहार भइरहेको छ,’ उनले लेखेका छन् ।
किरातीले सामाजिक सञ्जालमार्फत जनमतलाई प्रभावित पार्ने प्रयास भइरहेको आरोप पनि लगाएका छन् । उनका अनुसार यसले ‘जनता विरोधी भाष्य निर्माण’ गरिरहेको छ र देशलाई ‘ओलिगार्ची स्टेट’ तर्फ धकेलिरहेको छ।
संवैधानिक रूपमा सुनिश्चित गास, बास र नागरिकको आत्मसम्मानको अधिकारमाथि प्रहार भइरहेको भन्दै उनले अन्तर्राष्ट्रिय मानवअधिकारका मापदण्डसमेत उल्लंघन भएको दाबी गरेका छन् ।
यस्तो बेला अग्रगामी दृष्टिकोणसहित नागरिकको आवाजलाई पुनःजागृत र सशक्त बनाउँदै, नागरिकको जनजीविका र आत्मसम्मानको मुद्दालाई अझ स्पष्ट र प्रभावकारी रूपमा अघि बढाउन साझा अभियानको आवश्यकता टड्कारो बनेको सुदनको भनाइ छ । उनले जनता र देशको पक्षमा चिन्ता गर्ने सबै सचेत नागरिकलाई यस अभियानबारे गम्भिरतापूर्वक सोच्न, एकताबद्ध हुन र अघि बढ्न अपिल समेत गरेका छन् ।

सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा