काठमाडौं : नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा राख्ने ढंगबाट सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएको छ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस संसद समन्वय बोर्डको बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत राज्यका निकायलाई नियन्त्रण गर्ने प्रयास गरिएकाले गम्भीर आपत्ति रहेको बताए।
सरकारले सिफारिस गरेको अध्यादेश जारी भइसकेपछि संसद अधिवेशन आह्वान गर्नुले पनि सरकारको बदनीयत स्पष्ट देखिएको उनले बताए। अध्यादेश लगायतका विषयमा कांग्रेसले सशक्त रूपमा अन्य विपक्षीहरूलाई समेत साथमा लिएर सदनमा आवाज उठाउने उनले बताए।
उनले सरकारको क्रियाकलापले मुलुकलाई ठीक ठाउँमा लगेको जस्तो अनुभूति नभएको बताए। त्यस्तै आङ्देम्बेले व्यवस्थापनका विषयलाई ख्यालै नगरी सुकुम्बासीको बस्ती भत्काउने काममा समेत कांग्रेसको विरोध रहेको बताए। राज्य आतंक मच्चाउने ढंगबाट प्रस्तुत भएकाले यसको पनि विरोध गरिएको उनको भनाइ छ।
कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद समन्वय बोर्डको प्रथम बैठकमा पार्टीले यसअघि गरेका निर्णयहरूका विषयमा समेत छलफल भएको आङ्देम्बेले जानकारी दिए।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए