प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !

राजनीति

प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !

यो कदम सरकारको ठूलो असफलताको कारण हुनेछ

harka sampang samsad

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिसको विरोध जनाएका छन् । वरीयता मिचेर प्रधान न्यायाधीश सिफारिस गरेको भन्दै उनले यो कदम सरकारको ठूलो असफलताको कारण हुने चेतावनी दिएका छन् ।

हर्कले प्रधानन्यायाधीश सिफारिसमा असन्तुष्टिबारे बिहान अहिलेसम्म २ वटा स्टाटस लेखिसकेका छन् ।

उनको पछिल्लो स्टाटस छ- वरीयताले चौथो भनिने मानिने व्यक्तिलाई प्रधान न्यायाधीश बनाउनु सरकारको अर्को ठूलो असफलताको कारण ! अध्यादेशको औचित्य पुष्टि गरेको यही होला ! चुपचाप घण्टी छापको करामत !

बिहान सवा ५ बजे हर्कले प्रधान न्यायधीशको नियुक्तिमा वरीयताको ख्याल राखियो कि राखिएन भन्दै यही गर्नलाई संसद छलेर अध्यादेश ल्याको हो ? भनी सरकारलाई प्रश्न सोधेका छन् । वालेन्द्र सरकारलाई उनले ‘नीतिगत भ्रष्टाचारी सरकार !’ समेत भनेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ