काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित हुने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अघि सार्ने तयारीको संवैधानिक जानकारले आलोचना गरेका छन् ।
संवैधानिक जानकार राजेन्द्र फुयालले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने र यसमा अरूलाई जिम्मेवारी सुम्पिनु ‘अशोभनीय’ हुने बताएका हुन् । कार्यसूची अनुसार आज प्रधानमन्त्री शाहले सम्बोधन गर्ने तयारी भए पनि उनले आफ्नो जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई सुम्पेका छन् ।
“नीति तथा कार्यक्रममाथि विपक्षीले राखेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्छ, उहाँ नआउने कुरा कल्पनासम्म गर्न सकिँदैन,” फुयालले भने, “म अपेक्षा गर्छु प्रधानमन्त्री आफैँ आएर जवाफ दिनुहुनेछ ।”
फुयालका अनुसार अन्य समयमा प्रधानमन्त्रीको कार्यव्यस्तता हुँदा अर्थमन्त्री वा अन्य मन्त्रीले जवाफ दिनु स्वभाविक भए पनि नीति तथा कार्यक्रमको हकमा भने यो परम्परा र अभ्यासविपरीत हुने देखिन्छ । “राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुनै पनि क्षेत्रमा प्रयोग नभएको अभ्यास यहाँ हुनु उपयुक्त हुँदैन,” उनले थपे ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले जवाफ दिने गरी तयारी भएपछि संसद्मा विपक्षी दलले समेत विरोध गर्ने तयारी गरेका छन् ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण