काठमाडौँ । संविधान संशोधन बहशपत्र तयार गर्ने कार्यादलले जेनजी प्रतिनिधिसँग गर्न लागेको छलफलमा नबोलाएपछि मिराज ढुंगानाले आक्रोश पोखेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत संविधान संशोधन बहशपत्र तयार गर्ने कार्यादलमा भएको नियुक्तिमै प्रश्न उठाएका हुन् ।
कार्यदलको अध्यक्ष असिम शाहलाई लक्षित गर्दै उनले लेखेका छन्– ‘म त मुटुको सर्जरी गर्दा कार्डियोलोजिस्ट नै चाहिन्छ, प्लम्बरले हुँदैन भन्ने मान्छे परेँ। अब मुटुको सर्जरी प्लम्बरले गर्ने हो भने के होला परिणाम, त्यो मैले परिकल्पना गर्न खोज्दै छु। सायद निकास अनि निर्वाचन भनेर सबैभन्दा बढी संवैधानिक निकासको जिद्दी गर्ने मिरज ढुंगाना बाहेक अरू कोही थिएन । तर डाइरेक्टर शावको यो कार्यदलमा छलफल गर्न, म नगएकै उत्तम हो। डाइरेक्टर शावले मेरो फलानो फिल्मको जस्तो मसालेदार संविधान बनाउनु पर्छ भन्नु भयो भने म सुन्न सक्दिन होला।’
उनी थप भन्छन्– ‘एउटा अनुरोध डाइरेक्टर साब, ‘खरानी ग्याङ’सँग तपाईंको निकटता छ क्यारे, यो देशमा त्यस्ता ‘खरानी ग्याङ’ फेरी नआउने र जो आजका खरानी ग्याङ छन् तिनीहरूलाई पनि कारबाहीको घेरामा ल्याउने संविधान बनाउनुस् है ! जेन-जी साथीहरू, तपाईँहरू चाहिँ जानु है। यो संवैधानिक दुर्घटना हुनबाट रोक्न सक्नुहुने भनेको तपाईँहरू नै हो।’
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण