काठमाडौँ– सुकुम्वासी बस्तीमा डोजर चलाएपछि एक युवाले मानसिक सन्तुलन गुमाएको र उनको उपचार हुन नसकेको विषय संसदमा पुगेको छ।
राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार काभ्रेमा लगेर राखिएका सुकुम्वासीको अवस्थाबारे जानकारी लिएको थियो। अनुगमनपछि अन्य सांसदले त्यहाँकोबारे नबोले पनि एमाले सांसद विष्णुमाया बिकले सुकुम्वासी अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबारको संसद बैठकमा विशेष समयमा बोल्दै बिकले घरमा डोजर चलेपछि एक युवाले मानसिक सन्तुलन गुमाएको र उपचारसमेत हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनकाअनुसार काठमाडौँमा राइडको काम गरेर खर्च चलाउने २८ वर्षीय युवक मिलन तामाङ अवस्थ भएका छन्।
‘काठमाडौँमा पठाओ चलाउने काम गर्दै आएका २८ वर्षीय मिलन तामाङको घरमा डोजर चलेपछि उनी अहिले बोल्न सक्दैनन्। थथर कापीरहेका छन्’, बिकले संसदमा भनिन् ‘सर्वप्रथम त म मानसिक सन्तुलन गुमाएका मिलन तामाङको सरकारको ध्यान आकर्षण गर्दछु।’
उनले ११० जनालाई कैदीजसरी राखिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। ‘घरमा डोजर चलेपछि होल्डिङ सेन्टरमा कैदीजस्तै बस्दै आएका छन्’, उनले भनिन्।
उनकाअनुसार होल्डिङ सेन्टरमा नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने २२ जना र व्याचलर पढ्ने ५ जना विद्यार्थीहरू विद्यालय जान नपाएको जानकारी दिइन्। उनीहरूलाई पढाईको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन्।
यस्तै होल्डिङ सेन्टरमा कुपोषणको सिकार भएको र दुर्गा गुरुङजस्ता दीर्घरोगीहरूले औषधि खान नपाएको पनि विकले बताइन्।
उनले गरिब हुनु अपराध नभएको भन्दै गरिबी हटाउने नीति सरकारले ल्याउनुपर्ने बताइन्। ‘गरिब हुनु अपराध होइन। सुकुम्वासी हुन कसैलाई रहर छैन। देश समृद्ध हुन पहिला गरिबी अन्त्य हुन जरुरी छ। काठमाडौँबाट गरिबी हटाउने जुन कार्य भइरहेको छ। यो सतप्रतिशत गलत छ। गरिब होइन। गरिबी हटाउने नीति सरकारको हुनुपर्छ’, उनले भनिन्।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण