नाइजेरियन युवतीलाई अलपत्र पारेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीमाथि संसदमा प्रश्न उठेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठक कांग्रेस सांसद निनुकुमारी कर्णले नाइजेरियन महिलाले उठाएको सवालको सत्यतथ्यबारे जानकारी गराउन माग गरेकी हुन् ।
‘एक नाइजेरियन महिला आफूलाई गर्भवती बनाएर सांसद बेपत्ता भएको भन्दै सडकबाट न्याय खोजिरहेकी छिन् । विदेशी नागरिक महिलालाई प्रेमजालमा, फसाउने र भावनात्मक ब्ल्याकमेल र जालझेल गरेर अलपत्र पार्ने जनप्रतिनिधिले आफ्नो नागरिकलाई कसरी सुरक्षा दिन सक्छ ?,’ उनले प्रश्न गर्दै भनिन्, ‘यो घटनाले आज प्रत्येक नारीको मनमा गम्भीर प्रश्न उठेको छ । यदि घटना सत्य हो भने व्यक्तिगत कुरा मात्रै होइन यो गम्भीर विश्वसनीयताको कुरा हो । नारीहरूले कहिलेसम्म यस्ता घटनासँग जुध्ने ? पीडित महिलाले न्याय पाउनुपर्छ । के भएको संसदले सत्यतथ्य सार्वजनिक गरोस् ।’
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पार्वती बिकले एक जना सत्तापक्षका सांसदमाथि गम्भीर प्रश्न उठेको भन्दै प्रष्ट पार्नुपर्ने बताइन् ।
‘हामीलाई विदेशीले कसरी हेर्लान् ? हामी काँचको घरमा बसेका छौँ । सत्तापक्षसँग उठेको यो गम्भीर सवाल के हो ? सदन स्पष्ट हुनुपर्छ,’ उनले भनिन्, ‘हावाको भरमा गरिएको कुरा हो भने हाम्रो राष्ट्रियताको लागि सही हुँदैन । यथार्थ हो भने माननीय सदस्यलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । यथाशीघ्र सत्यतथ्य टुंगो लगाउन माग गर्छु ।’
नाइजेरियन युवतीले मोरङ– २ का सांसद कृष्णकुमार कार्कीले आफूलाई गर्भवती बनाएको फरार भएको आरोप लगाएकी छन् । यस्तो समाचार आएसँगै कार्की सोमबारको संसद बैठकमा उपस्थित भएका थिएनन् । सभामुख डोलप्रसाद अर्यालले पटकपटक नाम लिए पनि संसदमा बोल्ने बेला उनी अनुपस्थित रहेका थिए । बोल्नको लागि नाम टिपाए पनि विवादमा परेपछि संसदमा उपस्थित नभएका हुन् ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए