राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले मोरङ क्षेत्र नं २ का सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोप आधारहीन भएको दाबी गरेका छन्।
संघीय संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले मोरङ–२ का सांसद र अन्य सदस्यहरूका विरुद्ध लागेका आरोपहरू आधारहीन र चरित्र हत्या गर्ने उद्देश्यले आएको बताएका हुन्।
उनले भने, ‘मोरङ क्षेत्र नं २ का सांसदको विषयमा उठेको कुरा हुनसक्छ मलाई पनि अचम्म लाग्यो यो कुरा, त्यस्तो उजुरी कहाँ दर्ता भएको रहेछ? कुन निकायमा उजुरी दर्ता भएको रहेछ, अथवा उहाँले त्यस्तो अन्याय गरेको अथवा अत्याचार गरेको रहेछ भनेर उजुरी दर्ता भएको हामीले अहिलेसम्म पाएका छैनौँ।’
मोरङ २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्णकुमार कार्कीले विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेको छ। यस विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि संसदमा समेत कुरा उठेको थियो।
उपनेता पराजुलीले पूर्वगृहमन्त्री सुधन गुरुङले नैतिकताका आधारमा राजीनामा दिइसकेको र सम्पत्ति छानबिनका लागि समिति बनेको बताउँदै रास्वपा विधि र प्रक्रियामा पूर्ण विश्वास गर्ने पार्टी भएको जिकीर पनि गरे।
सम्बन्धित खबर
गर्भवती बनाएर अलपत्र पारेको भन्दै कार्कीमाथि लागेको आरोप आधारहीन: रास्वपा उपनेता पराजुली
‘प्रस्तावित प्रधान न्यायाधीश सर्वोच्च अदालतको न्यायाधीश बन्न नै योग्य थिएनन्’
८-१० दिनभित्र मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक हुन्छ: लिली थापा
रास्वपा सांसदले नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको विषयबारे प्रतिनिधिसभामा उठ्यो प्रश्न
‘घरमा डोजर चलेपछि युवकले मानसिक सन्तुलन गुमाए, छिटो उपचार गरियोस्’
सर्वोच्चमा तमासा: कामु प्रधानन्यायाधीशको आदेशपछि कर्मचारी सर्वोच्च छाडेर हिँडे
यो पनि पढौँ
मित्रमिलन सहकारीको ऋण नतिर्ने २६ जना विरुद्ध पक्राउ पुर्जी जारी
स्याङ्जामा किशोरी मृत्यु प्रकरण: डेरा कोठाभित्र किशोरीको शव, २३ वर्षीय युवक पक्राउ
सर्वोच्चमा तमासा: कामु प्रधानन्यायाधीशको आदेशपछि कर्मचारी सर्वोच्च छाडेर हिँडे
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ