फोटो पत्रकार पुर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथाको चुचुरोमा

फोटो पत्रकार पुर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथाको चुचुरोमा

purnima

फोटो पत्रका पुर्णिमा श्रेष्ठले छैटौँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् ।

श्रेष्ठले बुधबार बिहान सवा ९ बजे सगरमाथाको चुचुरोमा पुगेर नयाँ सफलता हासिल गरेकी हुन्। उनी सुरक्षित रूपमा क्याम्प–४ मा फर्किसकेको पनि जानकारी दिइएको छ।

श्रेष्ठ पछिल्लो सटोरी एड्भेन्चरको टोली सदस्य तथा फोटोग्राफरका रूपमा हिमाल आरोहणमा सक्रिय रहँदै आएकी छन्।

लगातारको साहस, दृढता र शारीरिक–मानसिक क्षमता प्रदर्शन गर्दै उनले विश्वकै सर्वोच्च शिखरमा छैटौँ पटक पाइला टेकेकी हुन्।

उनको सफल आरोहणपछि सामाजिक सञ्जालमा बधाई तथा शुभकामना आउनेक्रम जारी छ ।

सगरमाथामा नेपाली महिला पर्वतारोहीहरूको बढ्दो उपस्थितिमध्ये श्रेष्ठको उपलब्धिलाई प्रेरणादायी मानिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ