विराटनगर- नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकार तानाशाह प्रवृत्तिमा उन्मुख भएको आरोप लगाएकी छन् । विराटनगरमा नेपाल पत्रकार महासंघ मोरङको वार्षिक साधारण सभा उद्घाटन गर्दै अध्यक्ष शर्माले सरकारले सरकारी विज्ञापन वितरण प्रक्रिया सच्याउनुपर्नेमा जोड दिइन् ।
विज्ञापन वितरणमा सरकारले देखाएको रवैयाप्रति अध्यक्ष शर्माले सरकारले आफ्नो निर्णय नसच्याउञ्जेल आन्दोलन जारी रहेको बताइन् । सरकार तानाशाह बन्दै गएको बताएकी अध्यक्ष शर्माले सरकारले तानाशाह हुँदै मिडिया कब्जा गर्ने प्रयासमा रहेको उल्लेख गरिन् ।
करिब दुई-तिहाई बहुमतको सरकार नै लोकतन्त्रको लागि संकट बन्न सक्ने देखिएको उनको भनाई छ । उनले सरकारको निर्णयप्रति पत्रकारहरु एक हुँदै आन्दोलनमा होमिने चेतावनी दिइन् ।
सोही क्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष तथा देश सञ्चारका अध्यक्ष रविनकुमार दाहालले पत्रकारहरुले बेथिति र अराजकताविरुद्ध प्रश्न गरिरहनुपर्नेमा जोड दिए । उपाध्यक्ष दाहालले भने, ‘पछिल्लोसमय सञ्चारक्षेत्रसँगै नीजि क्षेत्रपनि त्रासको वातावरणमा रहेको छ । पहिलो सुन्ने र थुन्ने भन्ने थियो । तर अहिले थुन्ने र सुन्नेमा सरकार केन्द्रित भएको छ।’
उद्योग व्यापारी पत्रकारसँगसँगै हिडिरहेको बताउँदै उपाध्यक्ष दाहालले भने, उद्योगी व्यापारी पत्रकारसँगै सहकार्य गर्न हिँडेको छ । पत्रकारले प्रश्न गर्ने कुरा बिर्सनु हुँदैन । पत्रकारिता क्षेत्र वाच डगका रुपमा रहनुपर्छ । पत्रकारले राम्रो विषयलाई पनि उठान गर्नुपर्छ र नराम्रो विषयको पनि उजागर गर्नुपर्छ।’
कार्यक्रममा महासंघका सदस्य हुँदै विद्यावारिधी गर्ने डा. रामचन्द्र अधिकारी, शाखामा विगत २९ वर्षदेखि निरन्तर कार्यरत दिपक फुँयाल र न्यूरो अस्पताललाई सम्मान गरिएको थियो । सोही क्रममा सरकारले गरेको निर्णयप्रति हस्ताक्षर अभियान गरिएको थियो ।
कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, विराटनगर महागनरपालिकाका मेयर नागेश कोइराला तथा महासंघका पूर्वअध्यक्षहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो