बीपी र केपीका सत्ता गुमेजस्तै घण्टी पनि जानेजस्तै छः गोकुल बास्कोटा

राजनीति

बीपी र केपीका सत्ता गुमेजस्तै घण्टी पनि जानेजस्तै छः गोकुल बास्कोटा

gokul_baskota_1

नेकपा एमालेका नेता गोकुल बास्कोटाले देश फेरि राजनीतिक भूकम्प-उन्मुख रहेको दाबी गरेका छन्।

पूर्वमन्त्रीसमेत रहेका एमालेका केन्द्रीय सदस्य बास्कोटाले बिहीबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान सरकार पनि पतन-उन्मुख भएको दाबी गरेका हुन्।

बीपी कोइराला र आफ्नै अध्यक्ष केपी शर्मा ओलीको सत्ताझैँ वर्तमान सत्ता पनि ढल्ने संकेत देखिएको जिकिर उनले गरेका छन्।

‘फेरि एउटा राजनीतिक भूकम्प उन्मुख छ देश। उही कुरा- बीपी र केपीका सत्ता गुमेजस्तै भाग तीनले घण्टी पनि जानेजस्तै छ’, बास्कोटाले लेखेका छन्, ‘पार्टीहरू तिनका आन्तरिक सत्ता सुरक्षाका दरिद्र चिन्तनका दुष्चक्रको गोलचक्करमा फसिरहँदा फेरि पनि तिनीहरू उल्टो गतिका निरीह साक्षी हुनेछन्, जसरी ०५९ देखि ०८२ सम्म भइरहे।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ