रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’

राजनीति

रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’

‘सरकारको कामकारबाही प्रभावकारी भएन’

rabi-mp

प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीबाट आफ्नै पार्टीका सांसद पनि दिक्दार बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले प्रधानमन्त्री शाह, मन्त्री र सरकारबारे सभापति रवि लामिछानेसँग गुनासो गरेका छन्।

सभापति लामिछानेले शुक्रबार रास्वपाका कोसी प्रदेशका सांसदसँग छलफल गरेका छन्। छलफलका क्रममा कोसीका सांसदहरूले प्रधानमन्त्री शाह, मन्त्रीहरू र सरकारका कामकारबाहीको चर्को आलोचना गरेका हुन्।

छलफलको सुरुवातमै सभापति लामिछानेले सरकारका विषयमा भएको गुनासो निर्धक्क भएर सुनाउन ‘फ्लोर ओपन’ गरेका थिए। ‘केही माननीयहरूले संसद्‌मा सरकारबारे बोल्नु भएको छ। संसद्‌मा नबोल्नुस्, केही गुनासो छ भने मलाई भन्नुस्,’ लामिछानेले सांसदसँग भनेका थिए।

काेसी प्रदेशका सांसदले जनगुनासो प्रधानन्त्री र मन्त्रीलाई सुनाउन नपाएको सभापति लामिछानेलाई सुनाएका छन्। ‘प्रधानमन्त्री र मन्त्रीका सचिवालयले जनगुनासोको सुनुवाइ नगर्दा हामीलाई अप्ठ्यारो भएको छ,’ एक सांसदले भनेका छन्, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयमा हाम्रो एक्सेस भएन। हामीलाई रेस्पोस्न नै गर्नुभएन।’

अझ प्रधानमन्त्री र मन्त्रीका सचिवालयले समेत नटर्ने गरेको रास्वपा सांसदले सभापति लामिछानेसँग गुनासो गरेका छन्। आफ्नो क्षेत्रका बासिन्दाले समस्या सुनाउने गरेको र ति समस्या लिएर प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पुर्‍याउन नसकिएको उनीहरूको पीडा छ। जसले गर्दा सरकारका कामकारबाही जनताको अपेक्षा अनुसार नभएको उनीहरूले भनाइ छ।

झण्डै दुई तिहाईको सरकार हुँदा पनि कामकारबाही प्रभावकारी नभएको र संसद्मा समेत बोल्न नसक्ने अवस्था आएको उनीहरूको भनाइ थियो।

यस विषयमा प्रधानमन्त्री शाहसँग कुराकानी गर्न रास्वपा सांसदले सुझाएका छन्। ‘पार्टी र सरकारबीच तालमेल नहुँदा संसदमा पनि हाम्रो उपस्थिति फितलो देखिएको छ,’ छलफलमा सहभागी सांसदले भने, ‘पार्टीको लाइन के हो भन्ने विषयमा सभापति र प्रधानमन्त्रीबीच कुराकानी हुनुपर्छ।’

सरकारले गरिरहेका कामको बचाउ गर्नै गाह्रो भएको रास्वपा सांसदको गुनासो छ। छलफलमा सहभागी सांसदले भने, ‘सरकारले गरेका कामको चर्को आलोचना भइरहेको छ। हामीले रफु भर्दै हिड्नु परिरहेको छ।’

रास्वपा सांसदले सरकारलाई पार्टीले निर्देशन दिनुपर्ने बताएका छन्। त्यससँगै सरकार रास्वपाको नीति अनुसार चल्नुपर्ने उनीहरूले सुझाएका छन्।

नेपाल खबरमा समाचार छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ