काठमाडौं । नेकपाका सहसंयोजक माधव नेपालले पार्टीपंक्तिलाई टाउको लुकाएर नहिँड्न आग्रह गरेका छन्। पार्टीनिकट अखिल नेपाल महिला संगठनको भेलालाई सम्बोधन गर्दै फागुन २१ को चुनावमा एउटा सुनामी आएपछि रक्षात्मक भएर हिँड्न आवश्यक नभएको बताए।
उनले भने, ‘हाम्रा साथीहरू कता कता डिफेन्सिभ भएको म देख्छु। विरोधीहरू आक्रामक, हामीहरू चाहिँ टाउको लुकाएर भाग्नु पर्ने स्थिति छ। केही आवश्यकता छैन भाग्नको लागि। यो एउटा सुनामी आयो, यो सुनामी मात्रै हो। यसका पछाडिका पनि कारणहरूको खोजी भइरहेको छ। बेला बेलामा सुन्ने गर्छौँ पोल खोल्दिन्छु भन्दै छन् त्यहीँ भित्रका मान्छेहरू।’
उनले रास्वपाको पक्षमा सुनामी आउनुमा नेपाली सेना, शुशिला कार्की सरकार र निर्वाचन आयोगको भूमिकाबारे पनि विस्तारै खुल्दै जाने बताए।
उनले थपे, ‘त्यसो हुनाले यसमा आत्तिनु पर्ने केही आवश्यकता छैन। हाम्रै अनुभव भन्छ भने हामीले नै मत प्राप्त गरेका छौँ। ६४ मा पनि त्यस्तै हावाको वेग चलेको होइन? खुला मञ्चमा म आएपछि माओवादी पार्टीको पक्षमा झण्डै बहुमत पुगेको होइन? २०७४ सालमा नेकपा एमाले एक्लै बहुमत प्राप्त गरेर, माओवादीको साथमा झण्डै दुई तिहाइको हैसियत प्राप्त गरेर देखाएको होइन? तर टिकेन। त्यसैले अब त बर्बाद भयो भनेर निराश हुनुपर्ने आवश्यकता छैन।’
उनले सरकारप्रति जनताको आशा तुहिसकेको टिप्पणी गरे।
उनले भने, ‘सुरु कै दिनदेखि सुकुम्वासीहरूमा सरकारले व्यवहार गर्यो, उनीहरूको परिवारको बिजोग बनाइदियो, कुनै सूचना छैन, कुनै समय दिइएको छैन, कुनै वैकल्पिक व्यवस्था गरेको पनि छैन, वैकल्पिक व्यवस्था गर्न दिएको पनि छैन, हठात् आक्रमण गरेर जुन हिसाबले सरकारले व्यवहार गरेको छ, यसलाई कुनै पनि सभ्य मान्छे, कुनै पनि विधिको मार्ग पालना गर्ने मान्छेले, मानवीयता भएको मान्छेले स्वीकार गर्न सक्दैन।’
उनले रक्षात्मक नभई सरकारले गरेको गलत कामको प्रचार गर्नको लागि निर्देशन दिए।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा